काठमाडौँ, ८ पुस : तराइमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने पनि जानकारनी दिएको छ ।
विभागका मौासमविद् हरिप्रसाद दाहालले आज पनि देशको तराईका धेरै ठाउँहरूमा हुस्सु÷कुहिरो लागेको जानकारी दिँदै भन्नुभयो, “आगामी तीन दिनमा समेत उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।”
उहाँका अनुसार आज विहान काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम रेकर्ड भई ४.९ डिग्रीमा झरेको थियो ।
मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो ।
मौसमविद्हरुले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुार खान सुझाव दिएका छन् ।
विभागले आज साँझ जारी गरेको बुलेटिनमा कोशीका तराई भूभागमा भोलि मध्यान्हसम्म बाँकी भूभागमा दिनभर नै हुस्सु र कुहिरो लाग्ने जानकारी गराइएको छ ।