काठमाडौँ, १७ मङ्सिर : मंसिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकाँश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ ।
यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदर भन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले आज जानकारी दिएको छ ।
विभागले आज सार्वजनिक गरेको आँकलन अनुसार यस हिउँदमा सुदूर पश्चिम र कर्णाली प्रदेशका उत्तरी भ–ूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भ–ूभागमा सरदर भन्दा कम, सरदर र सरदर भन्दा बढी वर्षा हुने समान सम्भावना रहेको आँकलन सार्वजनिक भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुदुरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भ–ूभाग, कर्णाली प्रदेशका दक्षिणी भ–ूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भ–ूभाग, बागमती प्रदेशका दक्षिणी भ–ूभाग, मधेश प्रदेशका उत्तरी भ–ूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भ–ूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका मध्य भ–ूभाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भ–ूभाग, गण्डकी प्रदेशका पूर्वी भ–ूभाग, बागमती प्रदेशका मध्य तथा उत्तरी भ–ूभाग, मधेश प्रदेशका दक्षिणी भ–ूभाग र कोशी प्रदेशका केही भ–ूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५देखि ५५प्रतिशत रहेको छ भने देशका बाँकी भ–ूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५देखि ४५ प्रतिशत रहेको छ ।
अधिकतम तापक्रम आँकलन
अधिकतम तापक्रम देशका अधिकाँश भ–ूभागमा सरदर भन्दा बढी हुने आँकलन छ । विभागका अनुसार गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भ–ूभाग, बागमती प्रदेशका दक्षिण भ–ूभाग र कोशी प्रदेशका उत्तरी र दक्षिण–पश्चिम भ–ूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
यस्तै कर्णाली प्रदेशका उत्तरी भ–ूभाग, लुम्बिनी प्रदेशका उत्तरी भ–ूभाग र कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भ–ूभागमा सरदर भन्दा बढी हुने सम्भावना ४४ देखि ५५ रहेको छ ।
सुदुरपश्चिम प्रदेश, कणााली प्रदेशका दक्षिण–पश्चिम भ–ूभाग र लुम्बिनी प्रदेशका पश्चिम भूभागमा
अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भािना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
लुम्बिनी प्रदेशका दक्षिणी भ–ूभाग र मधेश प्रदेशका भ–ूभागहरुमा सरदर भन्दाा कम, सरदर र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना रहेको जनाइएको छ ।
न्यूनतम तापक्रम आँकलन
यस्तै न्यूनतम तापक्रम देशभर सरदर न्दा बढी हने सम्भािना रहेको विभागले आज सार्वजनिक गरेको आँकलनमा लनाइएको छ ।
सुदुरपश्चिम प्रदेशका उत्तरी र दक्षिण पश्चिम भूभाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भ–ूभाग, लुम्बिनी प्रदेशका अधिकाँश भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व र दक्षिण पश्चिम भूभाग, मधेश प्रदेशका अधिकाँश भ–ूभाग र कोशी प्रदेशका दक्षिण र उत्तर–पश्चिम भ–ूभागमा न्यूनतम तापक्रम
सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भने देशका बाँकी भूभागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।