काठमाडौँ, १० कात्तिक : नेपालमा पश्चिमी वायूका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारण आजदेखि देशभर मौसम बदली सुरु भएको छ ।
यो प्रणाली अझै केही दिन रहने हुँदा विभिन्न क्षेत्रमा वर्षा र हितपात गराउने जल तथा मौसम विज्ञमन विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । बदली सुरु भएकाले आजैदेखि चिसो बढेको छ ।
महाशाखाले आज ‘पोष्ट मनसुन विशेष मौसमि बुलेटिन’समेत जारी गरी विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आज रातिदेखि यही कात्तिक १२ गतेसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जानकारी गराएको छ ।
यस्तै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । सम्भावित हिमपात÷वर्षाका कारण दैनिक जन–जीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध पनि गरिएको छ।
भोलि ११ गते गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको पनि सम्भावना रहेको छ ।
सोही दिन राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।
गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका mलखअएक–दुई स्थानमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको पनि सम्भावना रहेको छ ।
कात्तिक १२ गते बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
राती देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
यी जिल्लामा सावधानी अपनाउनुस् :
विभागका अनुसार गोरखा, मनाङ मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको छ।
यस्तै दोलखा सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, सल्यान दुवै रुकुम, बाग्लुङ, सुर्खेत, बाँके र बर्दियामा पनि ख्याल गर्न अनुरोध गरिएको छ।