काठमाडौँ, १६ असोज : जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरी कृषकहरुका लागि सावधानी अपनाउन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी÷अति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ ।
कृषि मौसमविद् रामेश्वर रिमालले यो समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने बताउँदै हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गर्नुभएको छ ।
उहाँका अनुसार जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारीवाली फलफूल बगैचा तथा पाक्न लागेका धान खेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, खास गरेर नदी, खोला छेउमा स्थित संरचनाहरु कृषि फार्म संरक्षित संरचना बाढीको जोखिममा पर्न सक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्रीहरु सुरक्षित स्थानमा व्यवस्थापन गर्न भनिएको छ ।
यस्तै जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीन दिने मौसम पूर्वानुमान लेटिन अध्ययन गरी सोही अनुसार व्यवस्थापन गर्न, आगामी असोज १७–१९ सम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका पानीको निवास काट्न, ततल धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, काटेको भए अग्लो ठाउँमा भ०डारण गर्न, विभिन्न तरकारीवालीहरुको नर्सरीमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।
वर्षातको समयमा मौरीलाई चरन कम हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुवस्तुलाई पानीमा भिज्ने गरी नराख्न, साथै पशुवस्तुलाई खुवाउने दानालाई सफा र ओभानो ठाँउमा भण्डारण गर्न, भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ ।
यस्तो अवस्थामा पशुवस्तुलाई पाचन प्रणाली र पाँचन प्रणालीजन्य रोगका लक्षणहरु देखिन सक्ने हुँदा सो बारेमा चनाखो भई पशुवस्तुहरुलाई अनुगमन गर्न पनि भनिनएको छ ।
चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुनसक्छ, जसले गर्दा पशुवस्तुको पाउनु साथै विष उत्पन्न भई पशुवस्तु मर्न सक्दछ तसर्थ कुहिएको दाना वा परालमा ढुसीका प्रजाति हुनसक्छन्, जसले दीर्घकालीन रुपमा पशु र मानिसलाई क्यान्सर गराउन सक्दछ ।
खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुले जस्ता बाह्य परजिवीहरुको समस्या देखिने हुँदा दैनिक रुपमा खोरको अनुगमन गर्न, यदि सुलसुले जस्ता परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी मिसिन नदिन माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली राखी पानी निकासको उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकराी दिनकर कायस्थले आजपनि देशभर बदली रहेको र भोलिदेखि भने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा हुने जानकारी गराइसकेको छ ।