काठमाडौँ : आज काठमाडौँको बसन्तपुरमा इन्द्रजात्रामा रमाइलो दृष्य देखिएको थियो ।
जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल आउँदा उनको पक्षमा कोही पनि बोलेका सुनिएनन् जात्रा बालेन हाइहाइले गुञ्जायमान भयो। राष्ट्रपतिलाई स्वागत भइरहँदा बालेनको पषमा चर्को हुटिङ आएको थियो ।
शनिवार दिउँसो राष्ट्रपति इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरे।
उनको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्री, सांसद, प्रदेश सभा सदस्य, काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले गद्दी बैठकसम्म गइ जात्रा अवलोकन गरे।
साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका थिए।
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए।