नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ । ‘
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ महाधिवेशसन सुरु हुँदैछ ।
आजदेखि २२ गतेसम्म गोदावरीमा चल्ने महाधिवेशनको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उनले डिजिटल प्रविधिको प्रयोगबाट गर्नेछन् ।
एमाले महाधिवेसनका कारण काठमाडौँमा एमाले कार्यकर्ताको चहलपहल बढेको छ ।
आज ११ बजे औपचारिक उद्घाटनपछि सुरु हुने महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधिको सहभागिता रहेको छ ।
आयोजकका हैसियतमा ३ सय १५ जना सहित २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरू महाधिवेशनस्थल पुगिसकेका छन् ।प्रतिनिधिलाई प्रेश गराउन पनि डिजिटल व्यवस्थाका साथ परिचयपत्र स्क्यान गर्ने कम्प्युटर बुथ राखिएका छन् ।
महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार र ध्वजापताकाले झकिझकाउ पारिएको छ ।
उद्घाटन कार्यक्रम पन्ध्र मिनेटमा सक्ने तयारी रहेको एमालले जनाएको छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नृ कार्यसूची छ।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको थियो । दिउँसो उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव,महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी निर्वाचन आयोग,लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेस गरिने जनाइएको छ ।