रत्ननगरको माधवपुर माध्यमिक विद्यालयमा निःशुल्क आँखा परिक्षण शिविरमा करिब साढे चारसय जनाले आँखा परिक्षण गराएका छन् ।
मंगलबार र बुधबार दुई दिन सञ्चालन भएको आँखा परिक्षण शिविरको उद्घाटन वडा नं(१५ का वडाध्यक्ष आशिक तामाङले गरेका थिए ।
ननगर रत्नगरपालिका वडा नं १५ स्थित उक्त विद्यालयमा लायन्स क्लब अफ चितवन टाइगर्सको आयोजना, वडा कार्यालयको सहयोग र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहकार्यमा आँखा शिविर सञ्चालन गरिएको हो ।
शिविरमाचारसय ४२ जना विद्यार्थीको आँखा परिक्षण भएको लायन्स क्लब अफ चितवन टाइगर्सका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विवेक लामिछानेले जानकारी दिए ।
उनका अनुसार, वरिष्ठ नेत्र सहायक आयुष पौडेलको नेतृत्वमा पाँच जनाको टोलीले आँखा परिक्षण गरेको थियो ।
आँखामा समस्या देखिएका नौ जना विद्यार्थीलाई चस्मा वितरण वितरण गर्नुका साथै छ जनालाई थप उपचारका लागि भरतपुरस्थित आँखा अस्पताल जान सिफारिस गरिएको क्लबका अध्यक्ष शालिकराम बास्तोलाले बताए ।
वडाध्यक्ष तामाङले शिविरले बालबालिकामा देखिएको आँखासम्बन्धी समस्या समाधान गर्न सघाउ पुर्याएको प्रष्ट्याए ।
दृष्टिसम्बन्धी समस्या र विशेषगरी बालबालिकाको आँखासम्बन्धी समस्याको समाधानमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । “ जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना गरेको निशुल्क आँखा परिक्षण शिविरले बालबालिकाको आँखा स्वस्थ राख्न मद्दत पुर्याएको उनको भनाई थियो ।
वडा सदस्य सुकमाया परियारसहित विद्यालयका प्रधानाध्यापक रमेश भट्ट, विद्यालय व्यवस्थापन समितिका सदस्य मदन भुजेल, क्लबका संस्थापक अध्यक्ष ओमलाल सापकोटा, डिष्ट्रिक ३२५ आर का क्लष्टर चिफ शिव पुरीको पनि उपस्थिति रहेको थियो ।
भविष्यमा पनि आवश्यकता अनुसार यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिबद्धता आयोजकहरुले जनाएका थिए ।