आज देशका विभिन स्थानमा कतै बदली र कतै आकाश खुला रहने भएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
जस अनुसार कतै कतै भने मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।
उसका अनुसार देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भुभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईको केही भूभागहरुमा हावाहुरीको पनि सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ ।
आज रातीको मौसमको अवस्था अनुसार भने कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा बदली कायम रहनेछ ।
केही भूभागमा हल्कादेखि मध्यम वर्षा पनि हुनेछ ।
जस अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकले सचेत रहन भनिएको छ ।