प्रतिनिधिसभाको बैठक आज पनि दिउँसो बस्दैछ ।
सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा एक बजेपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पनि संसदमा प्रस्तुत गर्ने कार्यसूची प्राथमिकतामा रहेको छ ।
विभिन्न मन्त्रालयगत प्रश्नको जवाफ दिने कार्यसूची पनि रहेको छ ।
उक्त बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयसम्बन्धी उठेका विभिन्न प्रश्नको जवाफ दिने कार्यसूची पनि रहेको छ ।
उक्त बिषयको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने संसद सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८२ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नेछन् ।