प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमण सम्पन्न गर्दै स्वदेश फर्किएका छन् ।
केहीबेरअघि प्रधानमन्त्री ओली चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन गत शसनबार चीन पुगेका थिए।
भ्रमणकादौरान प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्र िनरेन्द्र मोदी लगायत विभिन्न देशका उच्च नेतृत्वसँग भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, लगायत सरकारका उच्च अधिकारी सामेल थिए ।