उत्तर कोरियाका हाइ कमाण्डर नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन बुलेटप्रुफ रेलमार्फत आज बिहान चीन पुगेका छन् ।
कडा कम्युनिष्ट धारका विश्वशक्तिशाली नेतृत्वमध्येका एक मानिने उनको यो यात्रा शक्ति प्रदर्शनको एक हिस्सा मानिएको छ ।
फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चीनले हासिल गरेको प्रतिरोधी युद्धु विजयको वार्षिकोत्सवको परेडमा सहभागि हुन उनी बुलेटप्रुफ रेल चढेर चीन पुगेका हुन् ।
उनी परेडमा सहभागि हुन सोमबार उत्तर कोरियाको प्योङयाङबाट हिँडेका थिए ।
उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार उनीसँग विदेशमन्त्री चो सोन हुई लगायतका सहयोगीहरू साथमा छन् ।
गाढा हरियो रङ्गको बुलेटप्रप रेलभित्रको डेस्कमा बसेर मुस्कुराउँदै गरेको उनको तस्विर सिएनएन लगायतका मिडियाले प्रकासन गरेका छन् ।
उक्त रेल किमले यसअघि अन्य देशहरूमा यात्रा गर्न प्रयोग गरेका थिए ।
हवाइजहाजमा यात्रा गर्दा शत्रुहरूले गर्ने सम्भावित आक्रमण छल्न उनका परिवारले यसरी नै यात्रा गर्ने गरेको इतिहास छ ।
किम भोली बुधबार बेजिङमा हुने सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायतका साथमा सहभागी हुनेछन्।
सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त परेडमा सहभागीता जनाउँदैछन् ।
कस्तो छ उनको रेल
पुरानो जमानाको रेल किमको राजवंश र उनको एकान्त राष्ट्रको प्रतीक मानिन्छ । यो लामो समयदेखि षड्यन्त्रबाट बच्ने सवारीका विषयमा विश्वमा विभिन्न बहस चल्ने गरेको छ ।
यो रेलले आवश्यकता अनुसार किमका बुबा , हजुरबुबा लगायत परिवारका पुस्ताहरूलाई देशभर र दुर्लभ अन्तर्राष्ट्रिय यात्राहरूमा सयर गराउने गर्छ ।
उत्तर कोरियाली राज्य सञ्चालित मिडिया रोडोङ सिनमुनले मंगलबार बिहान किमको रेल चीनको सीमा पार गरेको पुष्टि गरेको छ। रेलमा चढेर नेता मुस्कुराउँदै, काठको टेबलमा बसेर पछाडि उत्तर कोरियाली झण्डा राखेको तस्बिरहरू पनि उसले प्रकासन गरेको छ।
उत् विदेश मन्त्रालयका अनुसार, उनीसँगै विदेशमन्त्री चो सन हुई लगायत वरिष्ठ अधिकारीहरू पनि छन्।
सन् २००२ मा पनि उक्त रेलको तस्बिरहरू छापिएका थिए । उक्त रेलमा किमका बुबा र हजुरबुबा दुवैले विदेशमा भव्य रात्रिभोज आयोजना गरेको बताइएको छ।
२००२ मा रूसी अधिकारीले सार्वजनिक गरेको तस्विर अनुसार रेलमा पेरिसबाट बोर्डो र ब्यूजोलाइस वाइनहरु पनि थिए । जहाँ बार्बिक्युसहितको भोज मनाइएको थियो ।
रेल मधयम चल्ने तर कडा सुरक्षामा आधारित छ। यो यति भारी बख्तरबन्द छ कि यो औसत ६० किलोमिटर प्रति घण्टा अर्थात लगभग ३७ माइल प्रति घण्टाको गतिमा यात्रा गर्छ।
जसमा सम्मेलन कक्ष, दर्शक कक्ष र शयनकक्षहरू र विशेष स्याटेलाइट फोन जडान भएका फ्ल्याट स्क्रिन टेलिभिजनहरू थिए।
किम जोङ इलको समयमा, पारिवारिक रेलको लागि लगभग २० स्टेशनहरू निर्माण गरिएको थियो ।