प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ प्लस) को शिखर सम्मेलनलाई आज सम्बोधन गर्र्ने भएका छन् । आजै प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटवार्ता गर्दैछन् ।
यतिखेर विश्व शक्ति मुलुकका धेरैजसो प्रमुखहरु चीनमा भेला भएका छन् । जसमध्ये कम्युनिष्ट बर्चश्वका राजनीतिक नेतृत्वको भेलाले छुट्टै अहम वार्ता र बहसको अवस्था विश्वमा सिर्जना गरेको छ ।
चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । उनीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही शनिबार पाँच दिने भ्रमणका लागि चीन पुगेका हुन् । त्यहाँ रहँदा साइडलाइन भेट अन्तर्गत प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ता हुने क्रम पनि जारी रहेको छ ।
आज रुसका राष्ट्रपति पुटिनसँग भेट
रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेट गर्र्दैछन् । यस भेटलाई महत्वका साथ लिइएको छ । रुस युक्रेन युद्धमा अवैध रुपमा भर्ती भएर मारिएका नेपाली नागरिकको भरणपोषण तथा दुई देशबिचको भावी सहकार्यका विषयमा भेटमा छलफल हुने सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग उनले भेटवार्ता हुने कार्यसूची रहेको छ ।