काठमाडौँ, ४ भदौँ : नेपालमा पहिलोपटक हुन लागेको महिला प्रहरी सम्मेलनको सबै तयारी पूरा भएको छ ।
यही भदौ ५ र ६ गते काठमाडौँमा हुने उक्त सम्मेलनमा विभिन्न क्षेत्रगतरुपमा प्रतिनिधित्व हुने गरी २०० महिला प्रहरीहरु सहभागी हुने नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा सम्मेलनको तयारी गरिएको छ ।
उहाँका अनुसार देशभरका महिला प्रहरी कर्मचारीका दर्जा, क्षेत्रगत र जिम्मेवारीगत गरी समावेशीगतरुपमा सम्मेलनमा सहभागी हुने छन् ।
सम्मेलनमा विभिन्न १० वटा कार्यपत्रमाथि छलफल हुने तथा प्यानल छलफल गरी काठमाडौँँ घोषणापत्र नै जारी गरिने छ । सम्मेलनमा महिला प्रहरीको भूमिका, स्वास्थ्य, वित्तीय साक्षरता, साइबर सुरक्षा कर्तव्य निर्वाहलगायत विषयका कार्यपत्र प्रस्तुत हुने छन् ।
महिला प्रहरीको भूमिका, लैंगिकमैत्री वातावरण, कार्यस्थलमा र सेवा प्रवाहलाई प्रभावकारी बनाउने र क्षमता अभिवृद्धि र अवसर तथा चुनौतीका विषयमा छलफल हुने एआइजी अधिकारीले बताउनुभयो ।
स्वास्थ्यलगात विषयमा छलफल हुने छ ।
सम्मेलनमा समाजमा रोलमोडलका रुपमा अग्रणी भूमिका रहेका व्यक्ति र प्रहरीमा नेतृत्व तहमा पुगेर सेवा निवृत्त भएका व्यक्ति, पहिले महिला कर्मचारीको हैसियतमा रहेका व्यत्ति र विभिन्न विधामा रहेर राष्ट्रिन्य अन्तरराष्ट्रि क्षेत्रमा रहेर सेवा गरेकाहरुको अनुभवसमेत आदानप्रदान हुने छ ।
जारी हुने घोषणापत्र संविधान र कानुन तथा तालुक गृह मन्त्रालयको नीति, कार्ययोजना, प्रहरीको कार्ययोजना तथा लैंगिक नीतिमा आधारित हुने पनि अधिकारीले बताउनुभयो हाल नेपाल प्रहरमिा झण्डै साढे १२ प्रतिशत महिला छन् ।