काठमाडौँ, ४ भदौ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि जे गर्न खोजिएको छ, त्यो विल्कुल गलत भएको बताउनुभएको छ ।
आज नक्खु कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले उहाँमाथि गर्न खोजेको व्यवहार यो संविधान, लोकतन्त्र र प्रणालीमाथिकै प्रहार हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “कहिँ न कहिँ इन्दिरालाई देखाएर सबै संवैधानिक अंगलाई कब्जा गर्ने डिजाइनअन्तरगत यो भएको भन्ने कुरा प्रष्ट देखिएको छ ।”
उहाँले सामाजिक सेवामा समर्पित भएर राष्ट्रिय, अन्तराष्ट्रिय व्यक्तित्व भएकी महिला सानो प्राविधिक कुरा त्यो पनि गएको होइन, केही भएको होइन, जे गरिएको छ त्यो विल्कुल गलत भयो भनेर आफूले हिजो पनि भनेको उल्लेख गर्दै जे भएको छ ठूलो अन्याय भएको र निरंकुशतातिर गठबन्धन गएको दावी गर्नुभयो ।
उहाँले सरकारले जे गरिरहेको छ यसले कांग्रेस र एमालेको स्थिति आमजनतामा धेरै नै खस्किसकेको र त्यो कुरा ती पार्टीले बझ्न नसकेकोमा आफूलाई अनौठो लागेको पनि बतउनुभयो ।
मेरो क्याविनेटका दुई चोटीका गृहमन्त्री भएकाले अभिभावकको हैसियतमा लामिछानेको अवस्था बुझ्नु आएको बताउँदै अध्यक्ष दाहालले भैरहवामा गोलघर जस्तै गरी राखिएकाले धेरै ठूलो पिडा थियो र यहाँ सामान्यत राम्रो बसाई भएको लामिछानेले प्रतिक्रिया दिएको उल्लेख गर्नुभयो ।
लामिछानेले आफूमाथि प्रतिशोध सँधेको र अदालतले तोकेको बिगो बैंक धरौटी राखेर बाहिरबाटै मुद्दा लड्छु भन्दा पनि त्यो सुविधा पाइन यतिधेरै विभेद किन गरिएको भनेर प्रश्न गरेका पनि अध्यक्ष दाहालले सुनाउनुभयो ।
अध्यक्ष दाहाले त्यस्तो विभेद नहोस्, वातावरण सहज होस् भन्ने नै आफ्नो भनाइ रहेको बताउनुभयो । अध्यक्ष दाहाले लामिछानेले मेरै जस्तो केसमा अरुले चाहिँ उन्मुक्ति पाउने, तर मलाई मात्रै लखेटियो भनेर बताएका पनि उल्लेख गर्नुभयो ।
https://www.facebook.com/samriddhisanchar/videos/24395270160161960