काठमाडौँ, ३० असार : अन्तरराष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस नेपाल)ले विदेशी कलाकारको समेत सहभागितामा ‘चौथो अन्तरराष्ट्रिय जलरङ महोत्सव, २०८२’ आयोजना गर्ने घोषणा गरेको छ ।
समाजका अध्यक्ष एनवी गुरुङले आगामी असोजको २१ देखि २५ गतेसम्म काठमाडौँका विभिन्न स्थानहरु (काठमाण्डौँ, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगरपालिका) क्षेत्रमा महोत्सव आयोजना गर्ने आज काठमाडौँमा घोषणा गर्नुभएको हो ।
भिडिओ :
https://www.facebook.com/samriddhisanchar/videos/717575484388241
उहाँले यपटक भने उक्त महोत्सव एसियन संस्करणका रुपमा आयोजना गरिने र विभिन्न १६ देशका १०० जना कलाकारले सृजना गरेका १०० कलाकृतिहरु प्रदर्शन गरिने पनि जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपालि नेपालसहित भारत, चीन, बंगलादेश, सिंगापुर, मलेसिया, कोरिया, इन्डोनेशिया, फिलिपिन्स, मंगोलिया, जापान, पाकिस्तान, इरान, म्यानमार थाइल्याण्ड र श्रीलंकाका कलाकारहरु सहभागी हुँदैछन् ।
कार्यक्रम घोषणासँगै तयारी पनि तीव्ररुपमा अघि बढाइएको उहाँले बताउनुभयो ।
सन् २०१६ मा स्थापना भएको अन्तरराष्ट्रिय जलरङ समाज नेपाल १२० भन्दा बढी देशमा फैलिएको अन्तरराष्ट्रिय जलरङ समाजको एक महत्वपूर्ण शाखा हो ।
यसले नेपालका विभिन्न क्षेत्रमा पुगेर विदेशी कलाकारलाई समेत सहभगी गरी कला सिर्जना गर्ने, संस्कृति आदानप्रदान गर्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने खालका गतिविधि गर्दै आएको छ ।
अध्यक्ष गुरुङले भन्नुभयो, “स्थापनाकालदेखि नै समाजले नेपाली कला र नेपाली पर्यटनको विकासका लागि महत्वपूर्ण कार्यक्रम गर्दै आएको छ । यसअघि समाजको नेतृत्वमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कला प्रदर्शनी, कार्यशाला र स्थलगत चित्रण कार्यशाला सम्पन्न गरिसकिएको छ ।”
समाजले सन् २०१६ प्रथम अन्तर्राष्ट्रिय जलरङ महत्सोव काठमाडौँ र घान्द्रकमा आयोजना गरेएको थियो । त्यसमा ३९ देशका
यस्तै २०१८ दोस्रो अन्तराष्ट्रिय जलरङ महत्सोव काठमाडौँ र लुम्बिनीमा आयोजना भएको थियो । उक्त कार्यक्रम ३९ देशका २७५ कलाकारको सहभागीता थियो ।
सन् २०२२ मा पोखरा अन्तरराष्ट्रिय जलरङ महत्सोव आयोजना भएको थियो ४ देशीय महोत्सव भएको थियो । सन् २०२३ मा तेस्रो अन्तराष्ट्रिय जलरङ महोत्सव काठमाडौँमा आयोजना भएको थियो । ३७ देशका नेपाली विदेशीसहित गरेर २७६ कला प्रदर्शनी भएको थियो ।
यसअघि सम्पन्न भएका ४ वटा अन्तर्राष्ट्रिय कला महोत्सवले नेपाली कलाको क्षेत्रमा दुरगामी योगदान पुर्याएको दावी समाजको छ ।

पाँचदिने कला महोत्सवका कार्यक्रम
अन्तरराष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा २०८२ असोज २१ देखि २५ गतेसम्म काठमाडौँमा हुने उक्त ‘अन्तरराष्ट्रिय जलरङ महोत्सव’मा १६ देशका १०० कलाकारका १०० चित्रकला प्रदर्शन गरिने छ ।
महोत्सवअन्तरगत नेपाल तथा एशिया महादेशका ६० जना कलाकारहरुले काठमाडौँ उपत्यकाका ऐतिहासिक क्षेत्रमा सहभागी भएर प्रत्यक्ष चित्रकला सिर्जना गर्नेछन् ।
अध्यक्ष गुरुङका अनुसार महोत्सवका अवसरमा कला र प्रर्यटन शीर्षकमा अन्तरक्रिया समेत आयोजना गरिने र स्थानीय सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुलाई अन्तरराष्ट्रिय तहमा चिनाउने लक्ष्य राखिएको छ । साथै कला सिर्जना गर्ने तरिकासमेत प्रस्तुति रहने जनाइएको छ ।