काठमाडौँ, १ असार : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले काठमाडौँमा आयोजना गरेको कला महोत्सव मानिने राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ को ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
मौलिकताको जर्गेना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यलका साज आयोजना भएको उक्त प्रदशर्शनी जेठ १५ देखि ३१ गतेसम्म (हिजो शनिबार) सम्पन्न प्रदर्शनीमा कलापारखीको उल्लेख्य सहभागिता रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रदर्शनी सफल बनाउन सहयोग गर्ने सातै प्रदेश तथा केन्द्रका संघसंस्था, कला पारखी तथा सहयोगी प्रतिनिधिहरुलाई धन्यवाद दिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रको भावधारा र सांस्कृतिक राष्ट्रिय नारालाई उजागर गर्दै प्रदेश तथा स्थानीयस्तरमा रहेका रैथाने कलाका गुणस्तरमा जोड दिने गरी कार्यक्रमसहित प्रदर्शनीको आयोजना गरिएको हो । यसले नेपाली कलालाई स्थानीयस्तरबाट केन्द्र हुँदै विश्वमा पुग्नका लागि महत्वपूर्ण सहयोग मिलेको अनुभव गरेका छौँ।”

प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ मा पुरस्कृत, सहयोग र सहकार्य गर्ने सम्पूर्णलाई बधाई दिँदै प्रतिष्ठानले आगामी दिनमा अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने जानकारी गराउनुभयो ।
प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका ६ सय बढी कलाकारका ६ सय ५० कलाकृति राखिएको थियो । समसामयिक चित्रकला÷मूर्तिकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्पहस्तकला एवं बहुआयामिक तथा अन्य सिर्जनात्मकलगायत विविध विधा–उपविधाका कलाकृति राखिएको प्रदर्शनीमा कलापारखी, राजनीतिज्ञ, बुद्धिजीवी, आमजनसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट सुरु गरिएको प्रदर्शनीले नेपाली ललितकलाको अवस्थालाई नजिकबाट नियाल्न मद्दत मिलेको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपालको ललितकलाको बहुआयामिकतालाई चिनाउन सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रदर्शनी समय सापेक्षित रूपमा अघि बढेको छ । नेपालका रैथाने, मौलिक कला, शिल्प–ज्ञानलाई मूलधारमा ल्याई अन्तर्राष्ट्रियकरण गर्न सफल भएको छ । सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गरी त्यसबाट छनोट भएका कलाकृति समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ आयोजना गरिएकाले यसले प्रतिभाको पहिचान गर्न सहज भएको छ । साथै नेपाली ललितकलाको अवस्था र गर्नुपर्ने कार्यका बारेमा समेत नजिकबाट नियाल्न सहज भएको छ ।”

उहाँले प्रदर्शनीले मौलिकताको जर्गेनासँगै नेपाली सभ्यता र सांस्कृतिक वैभवतालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
सदस्य सचिव थुम्केलीले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्ख्यक समुदायदेखि लोपोन्मुख तथा प्रचलित विविध विधाका कलाकृति समेटिएको बताउनुभयो ।
प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानसँगै ललितकला क्षेत्रको संरक्षण, संवर्धन एवं सर्वाङ्गीण विकासार्थ विशेष रणनीतिक योजनासाथ सिर्जनात्मक क्रियाकलापहरू गर्दै÷गराउँदै आएको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी सातै प्रदेशका विभिन्न विधाका प्रतिभावान् सिर्जनशील कलाकारहरूलाई एउटै थलोमा सहभागी गराई नेपाली कलाको संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्य बोकेको राष्ट्रकै ठूलो ललितकला प्रदर्शनी एक महोत्सव पनि हो ।
मौलिकताको जगेर्ना, कलाको समृद्धि, रोजगारीको सिर्जना र देशको सांस्कृतिक अर्थतन्त्रमा समेत योगदान पु¥याउने यस प्रदर्शनीलाई सम्पूूर्ण कलाकार, कलामर्मज्ञ, कला सरोकारी एवं कलापारखी व्यक्तिव्यक्तित्वहरूले महोत्सवका रूपमा मनाउँदै आइरहेका छन् । प्रतिष्ठानले दोस्रो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गरेको हो ।



