काठमाडौँ, २२ जेठ : काठमाडौँको भृकुटीमण्डपमा आजदेखि छैठौँ राष्ट्रिय मह मेला, २०८२ सुरु भएको छ।
मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको साथमा सरकार रहेको उल्लेख गर्दै उत्पादन बढाउनतर्फ लाग्न आग्रह गर्नुभयो ।
उहाँले जति उत्पादन गरे पनि त्यसको बजार खोज्ने काम सरकारले गर्ने विश्वस दिलाउँदै महको उत्पादन बढाउँदै लैजान सबै मौरीपालक किसानलाई अनुरोध गर्नुभयो ।
कृषिमन्त्रीको भिडियो:
https://www.facebook.com/samriddhisanchar/videos/1037814631789517
नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेठड, व्यवसायिक किट विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको मह मेलाको सहआयोजकमा मौरी विकास केन्द्र गोदावरी, मौरीपालन विकास केन्द्र भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवन, जिम्याप नेपाल रहेको छ ।
सो कार्यक्रममा मन्त्री अधिकारी सबैलाई अनुरोधका साथ भन्नुभयो, “सक्नेले दैनिक एक चम्चा मह खानुस्, स्वास्थ्यलाई पनि फाइदा र मौरीपालक किसानका लागि पनि सहयोग हुन्छ, नेपाली उत्पादनलाई हामीले प्रोत्साहन नदिने हो भने कसले दिने ?”
नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरे, भिडियो:
https://www.facebook.com/samriddhisanchar/videos/1938029593711153
उद्घाटन समारोहमा नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेले मुख्यगरी मौरीपालक किसानका लागि चरणको भरपर्दाे व्यवस्था र बजारिकरण मुख्य समस्या रहेको बताउँदै त्यसको उचित सम्बोधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले किसानले मौरी पालेर परागशेचनमा सहयोग गरेवापत सरकारले प्रतिघार एक हजार रोयल्टी दिन जरुरी रहेको बताउँदै एक पालिकाबाट अर्काे पालिकामा मौरी लैजान भइरहेको अवरोध हटाउन माग गर्नुभयो ।
अध्यक्ष घिमिरेले मौरी चराउन लगिएको ठाउँमा विभिन्न समुह तथा सामुदायिक वनले चन्दा माग्ने गरेको भन्दै त्यसलाई रोक्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले मौरीका समस्याका विषयमा वर्तमान कृषिमन्त्री अधिकारीले महत्वपूर्ण सम्बोधन गर्नुभएकोमा धन्यवाद दिँदै विगतमा भएको सम्झौता पूर्ण कार्यान्वयन गर्न तथा आयात हुने महको भन्सार दर बढाउन आग्रह गर्नुभयो ।
उहाँले काठमाडौँमा महको मार्ट नै खोजेर बजारीकरणका लागि काम गर्न लागिएको जानकारी दिँदै सहयोगका लागि सरकारसँग अनुरोध गर्नुभयो ।
नेपाल मौरीपालक महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेल, भिडियो:
https://www.facebook.com/samriddhisanchar/videos/564308509807727
महासंघका पूर्वअध्यक्ष राजेन्द्र गौतमले मौरी चराउन जाँदा कुनै ठाउँमा राखियो भने प्रतिघारमै सामुदायिक वनले ३५० सम्म लिने गरेको भन्दै यसरी शुल्क उठाउन रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली उत्पादन राम्ररी बिक्री नहुने तर बाहिरबाट वार्षिक ४ हजार मेट्रिक टन मह आयात हुने अवस्थाको अन्त्य जरुरी रहेको बताउनुभयो । उत्पादनमा आधारित अनुदान दिँदै महको बजारीकरणमा सरकारको सहयोग जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा व्यवसायिक किट विकास केन्द्रकी पूर्णिमाया क्षेत्री, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडकी अध्यक्ष जानुका थापा, उपाध्यक्ष कृष्णहरी जमर्कट्टेल, विष्णुप्रसाद भट्टराईलगायतले धारणा राख्नुभएको थियो ।
आजदेखि यही जेठ २४ गतेसम्म चल्ने मेलामा देशभरबाट आएका मह किसानका ४० वटा स्टल रहेका छन् । यहाँ मुख्यगरी सातै प्रदेशमा उत्पादित मह तथा मौरीजन्य उत्पादनहरु प्रदर्शनीमा रहेका छन् ।
यस्तै महका परिकार, मौरी र महसम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया, नेपालमा पाइने मौरी तथा महको प्रदर्शनीका कार्यक्रमसमेत रहेका छन् । यहाँ एक लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष राखिएको छ ।
महको स्टल घुम्दै कृषिमन्त्री:
