सौराहा : चितवनको रत्ननगरस्थित प्यारागन सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई वर्ड एजुकेशन सोसाईटीले बुधवार बिसहजारी ताल र भरतपुर महानगरको बाटुली पोखरीमा चरा अबलोकन गराएको छ ।
‘बुक फ्रि डे’ अन्तर्गत रत्ननगर-१० मा रहेको उक्त स्कुलका विद्यार्थीले चाखपूर्वक चरा अवलोकन गरे भने चरा संरक्षणको शिक्षा पनि प्राप्त गरे ।
चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले वर्ड एजुकेशन सोसाईटीले बुधवार विद्यार्थीहरूलाई चरा अवलोकन गराएको हो ।
वर्ड एजुकेशन सोसाईटीले हरेक शनिवार फरक फरक स्थानमा चराहरु अबलोकन गराउदै आइकोछ । विभिन्न विद्यालयहरुमा पुगी सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको छ ।

गत वर्षदेखि प्रत्यक महिनाको अन्तयमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई ‘बुक फ्रि डे’ गराउदै आएको प्यारागन विद्यालयले सोही अन्तर्गत यो वर्षको पहिलो कार्यक्रम अन्तर्गत बिसहजारी ताल र बाटुली पोखरीमा चरा अवलोकन गराईएको विद्यालयका सहप्राचार्य ओमराज आचार्यले जानकारी दिनुभयो ।
चरा अवलोकन गराए पश्चता नेचर गाईडहरुले देखिएको चराहरुको लिष्ट उपलव्ध गराएको सोसाईटीका सदस्य, पर्यटन व्यवसायी तथा समाजसेवी शीरलाल परियारले जानकारी दिनुभयो ।
अब आउने शनिवार वर्ड एजुकेशन सोसाईटीले चितवनको उपरदाङगढीमा चरा अवलेकन गराउने कार्यक्रम रहेको परियारले बताउनुभयो ।
वर्ड एजुकेशन सोसाईटीका सचिव प्रकाश चापागाई, कोषाध्यक्ष चन्द्रमणी गौली, सदस्य शीरलाल परियार, दीपक चौधरीलगाएतले विद्यार्थीहरुलाई चरा अवलोकन गराउनुभएको थियो ।