चितवन । नेपालमा मौरीको पनि कृत्रिम गर्भाधान गर्न थालिएको छ ।
मौरीपालन विकास कार्यक्रम भण्डाराका प्रमुख सुजन अम्गाईंले यसअघिका २ पटकको प्रयास असफल भएकोमा यसपालि भने ५ वटा कुमारी रानुमा कृत्रिम गर्भाधारण गर्न सफल भएको जानकारी दिनुभयो । यसलाई एआई (आर्टिफिसियल इनसेमिनेसन) प्रविधि भनिन्छ ।
विसं २०५१ सालमा युरोपिएन जातको मौरी मेलीफेरा पालन सुरु भएको थियो । गोला विस्तार गर्दै जाँदा फैलिंदै गएको तर गुणस्तर कायम भएको थिएन, े नश्ल सुधार नभएको अवस्थामा कृत्रिम विधिबाट नश्ल सुधार गर्न लागिएको हो ।
बलियो घारको भाले छानेर त्यसको सिमेन निकालेर ल्याबमा कुमारी रानुमा कृति गर्भाधारणा गरिएको अम्गाईंले बताउनुभयो।
यसअघिको दुई पटकको प्रयास असफल भएको र अहिले भने सफल भएको हो । २०८० मा एक हप्ते तालिम भएको तर अभ्यास गरेको सफल भएन । त्यसपछिको अर्काे प्रयास सफल भएन र अहिले भने सफलता हासिल गरी ५ वटा कुमारी रानुमा गर्भाधारण गरिएको छ अब त्यसले अण्डा वा लार्भा पार्छ अनि प्रविधिबाट थप रानु निकाल्ने योजना गरेको उहाँले बताउनुभयो ।
यो ग्राफ्टिङ गरी जन्मिएको कुमारी रानीलाई कृतिम मेसिनबाट भाले मौरीको सिमेन (विर्य) रानी मौरीमा सफलतापूर्वक राखिएको हो।
नयाँ अभ्यास सफल भएकोमा भन्दै नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले खुशी व्यक्त गर्नुभयो ।
उहाँले सफल रानीको कार्यशैली कस्तो रहन्छ ,सुक्ष्म अनुसन्धान गर्न र भोलिका दिनमा एआई प्रविधि सबै किसानकोमा सहज र सरल बनाउने दिशामा लाग्नुपर्नेमा उआँले अनुरोध गर्नुभएको छ ।