कुमरोज : चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बुढीराप्ती उपभोक्ता समितिले कुक तालिम सञ्चालन गर्ने भएको छ ।
आब २०८१/२०८२ को वार्षिक कार्यक्रम अनुसार पर्यापर्यटन प्रवर्द्धनका लागि कुक तालिम गर्ने चैत १८ गते नै निर्णय गरिसकेको समितिका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिनुभयो ।
यस क्षेत्रका उपभोक्ताहरूलाई एक महिने कुक तालिम संचालन हुने भएकोले उक्त तालिममा सहभागि हुन ईच्छुक योग्यता पुगेका उपभोक्ताहरूले यही वैशाख २१ गतेसम्म निवेदन दिन अनुरोध गरिएको छ ।
समितिले आवश्याक योग्यता तथा कागजातहरू पेश गर्न पनि अनुरोध गरेको छ ।
चाहिने कागजातहरु
१, निवेदनसहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साईजको फोटो ।
२, बुढीराप्ती उपभोक्ता समितिअन्तर्गत ईकाई न १-९ (खैरहनी न.पा.१२-१३) का उपभोक्ताहरू हुनुपर्ने छ।
३, बुढीराप्ती उपभोक्ता समितिअन्तर्गतको समूहहरूमा आवद्ध भएका उपभोक्ताहरू हुनुपर्नेछ ।
४, यसभन्दा अगाडि वा बुढीराप्ती उपभोक्ता समितिमार्फत कुनै पनि तालिममा सहभागि नभएको उपभोक्ताहरू हुनुपर्नेछ ।
५, विपन्न, गरिब तथा निकट भविष्यमा व्यवसाय गर्न ईच्छुक उपभोक्ताहरूलाई प्राथमिकता दिईनेछ ।
६, योग्यता तथा कागजात पुरा भएका वा छनौट भएकोउपभोक्ताहरूले कुक तालिमको लागि रु १,५०० । (अक्षरूपि एक हजार पाँच सय) लागत सहभागिता लाग्नेछ ।
७, मध्यवर्ती सहकारीमा समूह आवद्ध भई सकृय समूहलाई विशेष प्राथमिकता दिईनेछ ।
