काठमाडौँ, १७ वैशाख : वानिरा फाउन्डेसनले आज काठमाडौँको बानेश्वरमा आयोजित एक समारोहका बीच आज अग्रज चित्रकार शशिविक्रम शाहलाई १ लाख राशिको ‘वानीरा–शंकर पुरस्कार’ प्रदान गरेको छ ।
चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन योगदान गरेको भन्दै उहाँलाई उक्त पुरस्कार दिइएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।
भिडिओ:
https://www.facebook.com/samriddhisanchar/videos/699762189372116
शाह ६ दशकभन्दा बढीसमयदेखि चित्रकलामा समर्पित हुनुहुन्छ । उहाँका चित्रहरुमा विश्वका कला पारखी लोभिन्छन् । केही अघि मात्रै वरिष्ठ चित्रकार शाहले भीमदर्शन रोका स्मृति कोषबाट रु ५० हजार राशिको आदर्श कला गुरु सम्मान प्राप्त गर्नुभएको थियो ।
आजको कार्यक्रममा चित्रकार शाहले आफूले खासै केही काम गरेको जस्तो महसुस नभएको तर यस्ता सम्मानले भने केही गरेको रहेछु क्यारे जस्तो अनुभूति भएको प्रतिक्रिया दिनुभयो । उहाँले वानीरासँग आफूले गरेका सहकार्यका विषयमा समेत जानकारी गराउनुभएको थियो ।
सोही समारोहमा रु १ लाख राशिकै ‘वानीरा प्रज्ञा पुरस्कार’ साहित्यकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । पाँडेका नेपालीमा ५० र अंग्रेजीमा ४० वटा कृति प्रकाशित भइसकेका छन् । उहाँले प्राप्त पुरस्कार कोष बनाएर साहित्यको प्रवद्र्धनका लागि लगानी गर्ने घोषाण समेत गर्नुभयो ।
यस्तै सोही समारोहमा रु ५० हजार राशि रहेको ‘वानीरा पुरस्कार’ भने कवि तथा साहित्यकार कृष्ण बाउसेलाई प्रदान गरिएको छ । उहाँले नेपाली साहित्यमा वानीराको योगदान महत्वपूर्ण रहेको र उहाँको नाममा स्थापित पुरस्कार पाउँदा खुशी भएको बताउनुभयो ।

डा. वानीरा गिरीका कविता, निबन्ध र उपन्यास गरेर तेह्रवटा कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् ।
वानीरा गिरीको जन्म दार्जिलिङको खरसाङमा २००१ साल वैशाख १३ गते भएको थियो. नेपाली साहित्यका विश्वनारी रत्न मानिने डा.वानीरा गिरीलाई कोरोनाको सङ्क्रमण भएको र सिभिल अस्पताल पुर्याएको आधा घण्टामा नै २०७८ साल जेठ ९ गते निधन भएको थियो ।
उहाँको सम्झनामा श्रीमान शंकर गिरीले फाउन्डेसन बनाएर सामाजिक क्षेत्रमा योगदान गर्दै आउनुभएको छ ।
अर्को भिडिओ: