काठमाडौँ, ५ वैशाख : यसवर्षको पारिजात स्मृति सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याएका ४ जना स्रष्टालाई प्रदान गरिएको छ ।
पारिजात स्मृति दिवसका अवसरमा आज पारिजात स्मृति केन्द्रले काठमाडौँमा एक समारोहको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो ।
भिडिओ:
https://www.facebook.com/samriddhisanchar/videos/1567901054599382?notif_id=1744994461992529¬if_t=feedback_reaction_generic&ref=notif
यसवर्षको पारिजात कला सम्मान चित्र तथा मूर्तिकार एवं अग्रज कलाकार उत्तम डंगोललाई प्रदान गरिएको छ । चित्रकला र मूर्तिकलाका माध्यामबाट सामाजिक रुपान्तरणको अभियानमा पुर्याएको योगदानको कदर गर्दै पारिजात स्मृति केन्द्रले उहाँलाई सम्मान गरेको हो ।
लामो समयदेखि कला क्षेत्रमा सक्रिय कलाकार डंगोल दर्जनौँ एकल तथा संयुक्त कला प्रदर्शनीमा सहभागी भइसक्नुभएको छ ।
केन्द्रले पारिजात बाल साहित्य सम्मान बाल साहित्यकार तेजप्रसाद श्रेष्ठ, सिर्जना सम्मान साहित्यकार विना थिङ र पारिजात संघर्षशील नारी सम्मानबाट डा विन्दा पाण्डेलाई सम्मान गरेको छ।
उहाँहरुलाई आज नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले नगद राशिसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

गएको फागुन ३० गते पारिजातको जन्मजयन्तीका अवसरमा उक्त सम्मान घोषणा गरिएकोमा आज प्रदान गरिएको हो ।
समानित प्रतिभाहरुले पारिजातको नाममा सम्मान प्राप्त हुँदा खुसी लागेको र सम्मानले आफूहरुलाई जिम्मेवारी मिलेको महसुस भएको प्रतिक्रिया दिनुभएको थियो ।
महिला नेतृ तथा महिला अधिकारकर्मी विन्दा पाण्डेले सबैभन्दा ठूलो कुरा नागरिकको मन जित्नु महत्वपूर्ण भएको र त्यो काम पारिजातले गर्नुभएको स्मरण गर्नुभयो ।
अर्को भिडिओ :
https://www.facebook.com/samriddhisanchar/videos/2171240319969201