रत्ननगर, ५ वैशाख । क्यान्सर रोगबाट पीडित चितवनको रत्ननगर नगरपालिका वडानम्बर १५ रामजानकी टोल निवासी ५६ वर्षीय मेघनाथ लामिछाने बचाउ अभियान तीव्र पारिएको छ ।
उनका परिवार, रत्ननगर नगरपालिका वडानम्बर १५ का वडाध्यक्ष आसिक तामाङ र स्थानीयहरुले उनको जीवन बचाउनका लागि आर्थिक सहयोग गर्न देश विदेशमा रहनुभएका सबैमा अपिल गर्नुभएको छ ।
हाल चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत उहाँको उपचारका लागि ठूलो खर्च लाग्ने भएकाले परिवारको आर्थिक अवस्था कमजोर हुँदा सहयोग जुटाउन अभियान नै सञ्चालन गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

अहिले रत्ननगर १५ मा मेघनाथ लामिछाने बचाउ अभियान नै सञ्चालन गरिएको छ । त्यसका लागि बैंक खातामा जो कसैले पनि सहयोग गर्न सक्नुहुने छ ।
अभियानका क्रममा अहिलेसम्म देश विदेशबाट सहयोग रकम आइरहेको र अझै अपुग भइरहेको परिवारले जनाएको छ ।
सहयाेग
अमर टोल बिकास संस्था ३०,३१५/-
राजुध्वज सिलवाल रनपा-१४ (हाल अमेरिका) ३०,०००/-
दिपज्योति टोल बिकास संस्था निबासीहरु २३,७५०/-
अन्नपूर्ण भजन समूह रत्ननगर- १५ – ११,१११
गणेश टोल बिकास संस्था ८,८६०/-
कृष्ण ढकाल (साईराम) – ५,०००।-
कृष्ण मग्राती ( solte raja ) -५५५५/-
सुरज सापकोटा १०,०००/
रामप्रसाद पन्त दाइ र राजु पौडेल ४०,०००/
रामप्रसाद ढकाल १०,०००/
गणेश आम्गाईं ५,५००/
शिव बस्नेत ५,५२७/
प्रदीप पौडेल ५,०००/
विनोद शाह ५०००
नारायण लामिछाने ११,०००
अनिश कट्टेल १०,०००
विष्णु ढकाल रनपा-१५ (हाल अमेरिका) ५,०००/-
दिग्दर्शन टोल बिकास संस्था ६,०००/-
पुष्पाञ्जली टोल विकास संस्था निवासीहरु ५,५५५/-
श्याम अंगाइ ११,१११/-
हरि ढकाल ५,०००/-
सहयोग रकम जारी रहेको र ५ हजारभन्दा तल सहयोग गर्ने व्यक्तिहरु धेरै रहेका जनाइएको छ।परिवार तथा अभियानकर्मीहरुले सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन् ।
