काठमाडौँ : प्रादेशिक ललितकला प्रदर्शनीअन्तर्गत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको आयोजनामा भोलि मंगलवारदेखि पाँच दिने मधेश प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुँदैन ।
यसअघि अन्य विभिन्न ५ वटा प्रदेशमा उक्त प्रदर्शनी सम्पन्न भइसकेको छ ।

भोलिदेखि कोषको कार्यालय जनकपुरमा सुरु हुने प्रदर्शनी २४ गतेसम्म जारी रहने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य तथा मधेशप्रदेश समन्वय समितिकी संयोजक अरुणा हिङमाङले जानकारी दिनुभयो । उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गर्दै हुनुहुन्छ।
यसपाली उल्लेख्य संख्या बढेर १५५ कलाकारका २०५ वटा कलाकृति समावेश भएको उहाँले बताउनुभयो । औपचारिक उद्घाटन बाहेकका सबै तयारी पूरा भएको बताउँदै उहाँले भन्नुभयो, ‘गत वर्षभन्दा कलाकृति धेरै छ, कामहरू पनि स्तरीय आएको छ, पहिले ग्यालरीमा थिएन यसपालि ग्यालरीभित्रै आयोजना हुँदैन छ ।
पहिलेभन्दा विधा पनि धेरै आएको उहाँले बताउनुभयो। सबै विधा समावेश भएको छ। यसपालि मूर्तिकला र फोटोग्राफी पनि आएको उहाँले बताउनुभयो। यसअघि कोशी, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा प्रदर्शनी सम्पन्न भइसकेको छ।
अब बागमती प्रदेशमा यही महिनाको अन्तिममा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै छ । त्यसपछि गणतन्त्र दिवसका अवसरमा आउँदो जेठ १५ गतेदेखि राष्ट्रिय कला प्रदर्शनी हुँदै छ।
उक्त प्रदर्शनीमा सातै प्रदेशबाट छनोट भएका कलाकृति समावेश हुने छ। सोही कार्यक्रममा कलाकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिने छ।