काठमाडौँ : कास्कीको पोखरामा आज एउटा अप्रत्याशित घटना घट्टो । जहाँ आगो सल्किएर बेलुन पड्किँएर नेपाल सरकारका विशिष्ट व्यक्तको शरीरका विभिन्न अंग जल्न पुग्यो ।
पोखरा भ्रमण वर्षको कार्यक्रम उद्घाटनका क्रममा शनिवार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
भिडियोमा उनीहरु बेलुन उडाउन लाग्दा एक्कासी आगोको ज्वाला निस्किएको र त्यस लगत्तै बेलुनमा सल्किन पुगी पड्किएको देखिन्छ । त्यसरी पड्किँदा दुवैै जनालाई आगोले भेटेको छ भने अर्थमन्त्री पौडेल लगत्तै मञ्चतर्फ दौडिएको देखिन्छ । उनको शरीरमा जल्दै गरेको भागमा उनका सुरक्षा गार्डले पछाडिबाट आयो निभाइरहेको दृष्यमा देखिएको छ ।
भिडियो :
https://www.facebook.com/samriddhisanchar/videos/1831643824326083
अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५ ६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।
दुई जनाको उपचारमा प्रा डा विडी झा, डा प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली सामेल रहेका छन् । त्यस्तै प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिष यादवलगायतको जलन विशेषज्ञहरुको टोली र डा. प्रयुस अर्याललगायतको आकस्मिक उपचार टोली छन्।
रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ्ग टोली पनि दुई जनाको उपचारमा संलग्न रहेका छन्।
