सौराहा : नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेष्टिबल हुने भएको छ ।
सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा १९औं संस्करणको सौराहा फुड फेष्टिबल हुन लागेको हो ।
प्रणय दिवसको अबसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ । आयोजक रेवान सौराहामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिबलको तयारी तीव्र भइरहेको जनाएको छ ।
चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो। “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता”लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासँस्कृति, वेषवुषा जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउने उद्द्श्य रहेको छ।
प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्य रहेको प्रचार समितिका संयोजक कृष्ण भट्टले जानकारी दिनुभयो ।
फेस्टिवलको प्रभावका कारण पर्यटकीय नगरी सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक वृद्धि हुने विश्वास गरिएको छ। फागुन ३ गते सम्म चल्ने फेस्टिबलमा साँस्कृतिक झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर/वेटरेस बीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला पूmटवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने फेस्टिबलका संयोजक शम्भूप्रसाद मालीले जानकारी दिनुभयो ।
रेवानका सचिव एवं कलाकार संयोजक नविन नेपालले यसपाली प्रमोद खरेलसहितका चर्तित कलाकारले यहाँ दैनिक प्रस्तुति दिनेछन् ।