कालिका : चितवनको कालिका नगरपालिकाले सासु-बुहारी अनन्तर्क्रिया कार्यक्रम सुरु गरेको छ ।
परिवारबीचमा मिलाप पैदा गरी समृद्धि कालिका सुखी कालिकाबासी निर्माणका लागि उक्त कार्यक्रम गरिएको कालिकाका मेयर विनोद रेग्मीले बताउनुभयो ।
आज यहाँ विशेष समारोहका बीच उहाँले कार्यक्रम उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा उहाँले राखेका भनाइहरुको सम्पादित अंश तल प्रस्तुत गरिएको छ:
https://www.facebook.com/share/v/14kVk379JM/
मेयर, विनाेद रेग्मीको मन्तव्य
सासु-बुहारीको कार्यक्रम किन गर्नुपर्छ होला? वास्तवमा जानुपर्ने कार्यक्रम परिवार भित्र रहेछ । जुन कार्यक्रमले समाजलाई असल बाटोमा लैजान्छ। जबसम्म परिवार सन्तुष्ट हुँदैन, मिलन हुँदैन त्यो परिवारबाट निस्किएको व्यक्तिले समाजलाई पनि केही दिन सक्दैन र उ आफैँले पनि केही गर्न सक्दैन। उसले समाजलाई सिकाउन पनि सक्दैन। जसका आफ्नै घर भाँडिएको छ उसले अरुलाई सिकाउन सक्दैन। त्यसैले यो कार्यक्रम अघि बढाउनुपर्छ भनेर ल्याएका हौँ ।
हामी कालिकालाई समृद्ध कालिका र सुखी कालिकाबासी बनाउन चाहन्छौँ, यो हाम्रो नारा हो । सुखी बन्नका लागि पहिला सन्तुष्ट हुनुपर्यो। यसका लागि समाज, परिवार, ऐन, कानुन जोडिएर आउँछ । तर सबैभन्दा मत्वपूर्ण कुरा तपाईँको घर महत्वपूर्ण छ । आमा, बुबा, छोराछोरी बुहारीले कस्तो व्यवहार गर्ने, सबै काम र कर्तव्य कानुनमा लेखिएको हुँदैन । यद्यपि हाम्रो संस्कार यस्तो छ की जुन लेखिए सरह हामीले कार्यान्वयन गर्नुपर्छ ।
भित्तामा लेखिएर टाँसिएको हुन्छ । हात धोएर भित्र छिनुपर्छ, बलेनिमा चप्पल खोल्नु पर्छ । नातागोता आउँदा आदरसम्मान गर्ने कुरा हामीले कतै लेख्न पर्दैन, संस्कारले गर्ने कुरा हो । त्यो भएन भने संस्कारी घर होइन भन्ने बुझिन्छ । एउटा परिवारमा कुनै न कुनै सीप भएको हुनुपर्छ भन्ने हामीले बुझेका छौँ।
सबै चिज जानेर आएका हुँदैनौँ । हामी यहाँका सबै सँगै मिलेर बसेको सभ्य समाज हेर्न चाहन्छौँ, छिमेकी, गाउँले मिलेर बसेको आफ्नो उन्नति प्रगति गरेको र टोल विकास गरेको हेर्न चाहन्छौँ । समस्या भए पनि मान्यजनले भनेका मान्ने र मान्यजनले नराम्रो भन्दैनन् भन्ने विश्वास गरिन्छ । समाजका अगुवाले सिकाएकाे बाटोमा लागेका मान्छेहरु कहिल्यै पनि गलत बाटोमा परेका हामी पाउँदैनौँ ।
हरेक मान्छेको अधिकार र कर्तव्य छ । सासुले बुहारी र बुहारीले सासुसँग राम्रो नगरेको भन्ने सुनिन्छ तर त्य होइन । राम्रा काम कुराका लागि एक कदम पछि सरेर पनि साथ र सहयोग गर्नुपर्छ ।
काम नगरी बसेर सुखी हुने होइन । मनमा आनन्द हुने प्रकारको सुखी गर्नुपर्छ । जुन खालको यो कार्यक्रम छ, सबै आमा दिदीबहिनीहरु समक्ष हामी पुर्याउन चाहन्छौँ ।
कालिका नगरपालिमा नागिरक सुखी कालिकाबासी बनुन् । सबै सुखी, हाँसी खुसी र रमाएको परिवार देख्न चाहन्छौ ता की यहाँ न्यायका कुरा, प्रहरीका कुरा गर्नु नपरोस् ।
सित्तैँमा कुनै कुरा प्राप्त गर्ने प्रयास नगर्ने हुनुपर्छ । सासु, बुहारी, बाबु, छोराहरु आफ्नो सीमामा बस्ने हो भने समस्या आउँदैन । यही कुरा बुझ्न र बुझाउन हामी यो कार्यक्रम गरिरहेका छौँ ।
भिडियो यहाँ