काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले हिंसा प्रभावित महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई न्यायमा पहुँच सुनिश्चित गर्ननेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालमया आज प्रहरीको अपराध अनुसन्धान विभाग र महिला बालबालिका तथा ज्येष्ठनागरिक निर्देशनालयको संयुक्त आयोजनामा लैंगिकहिँसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको बताउनुभयो ।
लैंगिक हिंसाबाट प्रभावित महिला, बालबालिका र ज्येष्ठ नागरिकमा न्यायाको पहुँचमा सुनिश्चितताका साथै लैंगिक हिंसा नियन्त्रणका लागि देशभर २३२ वटा महिला बालबालिका तथा ज्येठ नागरिक सेवा केन्द्र स्थापना गरी सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँल्ले नेपाल प्रहरीमा लैंगिकमैत्री कार्य वातावरण र लैंगिकमैत्री भौतिक निर्माणको विकास गरी लैंगिक संवेदनशिलतालाई सुनिश्चित गर्न नेपाल प्रहरी लैंगिक नीति २०६९ लाई परिमार्जन गरी नेपाल प्रहरी लैंगिक कार्य नीति ०८१ ल्याइएको जानकारी दिनुभयो । उक्त नीति उहाँले आजै सार्वजनिक गर्नुभएको हो ।
यसले नेपाल प्रहरीलाई कुनै प्रकारका हिंसाप्रति संवेदनशिल भई कार्य गर्न प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
हिंसा र विभेदका घटना नियन्त्रणका लागि कटिबद्ध रहेको बताउँदै उहाँले प्रहरीले पालना गर्नुपर्ने आचारणका विषयमासमेत आचारसंहिता बनाइ कार्यान्वयन गरिएको बताउनुभयो ।
प्रविधिको विकास र आधुनिक समाजमामा देखा परेको अपराधका प्रवृत्तिले थप चुनौती पैदा भएको उल्लेख गर्दै उहाँले त्यसतर्फ प्रहरी केन्द्रित भएको पनि बताउनुभयो ।
आज प्रहरीले सार्वजनिक गरेको तथ्यंक अनुसार नेपालमा लैंगिक हिंसामध्ये ९१.१ प्रतिशत चिनाजानकै बाट हिंसा हुने गरेको पाइएको छ । लैंगिक हिंसाअन्तरगत सबैभन्दा बढी घरेलु हिंसाका घटना ७८.३ प्रतिशत रहेको छ । सबैभन्दा बढी मधेश प्रदेशमा हिंसाका घटना रहेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रमुख एसएसपी दिपेन्द्र जिसीले एकल प्रयासले मात्रै हिंसा रोक्न नसकिने भएकाले सबैको ऐक्यबद्धता आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा निर्देशनालयकी प्रहरी नायब उपरीक्षक रुपा थापाले समग्र अपराधमा लैंगिक हिँसाका घटना २६ प्रतिशत रहेको तथ्यांकले देखाएको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागकी कविता अर्याल, गृह मन्त्रालयका उपसचिव सुरेशराज जोशीलगायतले हिँसा नियन्त्रणका लागि सामुहिक प्रयासको खाँचो रहेको औँल्याउनुभएको थियो ।