काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संघ, प्रदेश र पालिकाले संस्कृति जोगाउन संस्थागत रुपमा पहल गर्न जरुरी रहेको बताउनुभएको छ ।
सिंहदरबारमा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानबाट जारी ७ बुुँदे ‘प्राज्ञिक घोषणापत्र २०८१’ ग्रहण गर्दै मन्त्री पाण्डेले संस्कृति कला संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जान जरुरी रहेकोऔँल्याउनुभयो ।
तीनवटै प्रतिष्ठानका अधिकारीहरुले आज मन्त्री पाण्डेलाई उक्त घोषणापत्रसमेटेर कार्यान्वयनको पहलका लागि अनुरोधपत्र बुुझाएको हो ।
उहाँले यस क्षेत्रमा कानुनी जटिलता रहेको उल्लेख गर्दैसमाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो । साधन श्रोतको अभाव भएकाले क्रमिक रुपमा सुधार लैजाने उहाँले बताउनुभयो ।
उहाँलेमा प्रतिष्ठानहरुबी एकरुपता बनाउनका लागि मापदण्ड निर्माण गर्न जरुरी रहेको औँलउँदै मर्यादाक्रमको पनि वर्गीकरण जरुरी रहेको बताउनुभयोय ।
यसअघि तीन वटै प्रतिष्ठानले सोमवार देशभरका प्रदेश सरकार तथा स्थानीय सरकारबाट गठन भएका संस्कृति, ललितकला, साहित्य, सङ्गीत, नाट्य, ज्ञान–विज्ञानसँग सम्बन्धित प्रतिष्ठान÷परिषद्÷समितिलगायतका प्रतिनिधिको प्रतिनिधित्व हुुने गरी प्राज्ञिक भेलाको आयोजना गरेको थियो । सोही भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको थियो ।
घोषणापत्र तयार पारेकामा तीनवटै प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै उहाँले पत्रमा व्यक्त गरिएका विषयहरूलाई मन्त्रालयले अध्ययन गरी त्यसको कार्यान्वयनमा आफ्ना तर्फबाट सक्दो गृहकार्य गर्ने प्रतिबद्घतासमेत व्यक्त गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुुलपति नारदमणि हार्तम्छाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूूपाल राई तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुुलपति निशा शर्माले मन्त्री पाण्डेलाई सो अनुरोधपत्र संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो ।
भेलामा उठेका विषयलगायतका विविध विषयलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले उक्त छलफलमा जानकारी गराउनुभएको थियो ।
वर्तमान नेपालको संविधान २०७२ लागु भएपछि संविधानप्रदत्त अधिकारहरू प्रयोग गर्दै प्रदेश र पालिकास्तरमा पनि प्रतिष्ठान÷प्राज्ञिक संस्थाहरूको गठन भएका सन्दर्भमा प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूको गठनविधि, नामकरण, कार्यप्रणाली, प्राज्ञहरूको सेवा सुविधालगायतका विषयमा अनेकता र अन्योल देखिएको छ । त्यसअवस्थालाई चिर्दै सङ्घ, प्रदेश र पालिकास्तरका प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूका बीचको सम्बन्ध र समन्वय के कसरी गर्ने, एकरुपता कसरी गर्ने? भन्नेबारेमा स्पष्ट नीति बनाई हाल गठन भएका र अब गठन हुने प्रतिष्ठान÷प्राज्ञिक संस्थाहरूलाई स्पष्ट मार्गदर्शनसहित काम गर्ने वातावरण निर्माण गर्नका लागि अनुरोधपत्र बुुझाइएको हो ।
आजको भेटघाटमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगै सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, भरतपुर प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, बर्दघाट प्रज्ञा–प्रतिष्ठान, खजुरा प्रज्ञा–प्रतिष्ठान, भीरकोट प्रज्ञा–प्रतिष्ठान, कपुरकोट कला, साहित्य संस्कृति परिषद्, कालीगण्डकी प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर वाङ्मय कला प्रतिष्ठान, कोन्ज्योसोम वाङ्मय प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता थियो ।