मह र मौरी भन्ने वित्तिकै छुटाउनै नहुने नाम हो शिवप्रसाद शर्मा पौडेल । चितवनको कालिका नगरपालिकाको खोलेसिमल निवासी पौडेल मौरीपालक किसान हुनुहुन्छ । नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष पौडेल मह र मौरीका समस्याका विषयमा पटकपटक काठमाडौँ धाएर मन्त्री र मन्त्रालयको ढोका ढकढक्याउँदै आउनुभएको छ । सोही पहलकदमीले अहिले कृषिमन्त्रीको समेत ध्यानाकर्षण भएको छ । घरभन्दा अली पर खोला किनारमा मह चराउँदै गर्दा भेटिनुभएका उहाँसँग हामीले मह र मौरीका विषयमा संक्षिप्त कुराकानी गरेका छौँ :
मौरी चराउने समय आएको हो ?
मौरी चराउन जाने बेला भएको छ । अब घारहरु सफा गर्ने तयारीमा छौँ । अब पहिले दाङमा लैजान्छौँ । त्यसपछि चितवन ल्याउँछौँ । यहाँबाट हिँडाएपछि जेठसम्म बाहिरबाहिरै हुन्छ ।
यसअघि चाहिँ के गरियो?
यसअघि घरमै कृत्रिम मह खुवाएर राखिएको थियो । अब पश्चिमतिर चिउरी फूल्न थालिसकेको छ । कात्तिक पहिलो हप्ताबाट सुरु हुन्छ । प्यूठानमा त शुरु भइसकेको होला ।
त्यसो भए अब महको सिजन सुरु भयो!
हे, अब मौरी चराउने सिजन सुर भएको हो । दाङमा २ महिना राख्छौँ । त्यसपछि कपिलवस्तु, रुपन्देहीमा ल्याएर तोरिको काट्छौँ । त्यसपछि चितवनको शक्तिखोरमा ल्याएर राख्छौँ फागुनसम्म । फेरि भैरहवातिर हुन्छ । अनि फेरि पूर्व र पश्चिम लैजान्छौँ ।
मह र मौरीको अवस्था के छ अहिले?
मौरीको गोला जसरी वृद्धि भएको छ, त्यो अनुसार चरणको ठाउँ पहिचान गर्न सकेका छैनौँ । ठाउँ त छ कृषि सडकलगायत कुराले लैजान सकिएको छैन । मैले पनि पहिले ४ फ्रेमबाट सुरु गरेको १२५ घार मौरी छ । यस्तै सबै साथीहरुले बढाउनुपर्छ । अहिले चरणको अभाव चाहिँ भएको छ ।
मौरीपालनको अवस्था अहिले राम्रो भएको हो?
गत २ वर्षदेखि महको हार्भेष्ट राम्रो भएको छ तर अहिले बजारको समस्या छ । मह नविकेर धेरै गाह्रो भएको छ । राष्ट्रिय खपत हेर्दा ९ हजार मेट्रिक टनभन्दा बढी खपत छ । हाम्रो उत्पादन ५ हजार मेट्रिक टन पनि छैन । पाँच हजार नहुँदा सेरेना स्थानीय मौरीको बजार नै छैन । यही भएको मह पनि नविकेर हामी लागिरहेका छौँ ।
लागिरहेका छौँ भन्नाले?
समस्या समाधान गर्न सरकारलाई भनिरहेका छौँ । मन्त्रालयले सकारात्मक पहल थालेको छ । समिति गठन गरेको छ के कारणले विक्री भएको छैन भनेर । सकारात्मक निर्णय आउला भन्ने आशा गरेका छौँ, आउँछ होला ।
भिडियो
यो चाहिँ फेसबुक भिडियो
https://www.facebook.com/samriddhisanchar/videos/394720320238380