गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडबाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन्।
पोखराबाट काठमाडौँको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा सञ्चालन गर्ने एयरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन्।
‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने बेला होइन।’ पोखरासहित गण्डकी प्रदेशको विभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढीपहिरोले क्षति पु¥याउँदा यातायात आउजाउ सहज छैन। पृथ्वीराजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा काठमाण्डौँ–पोखरा हवाई यात्रामा चाप बढेको छ।
यात्रुहरुको गुनासो बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरुलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाइ गर्न सुझाव दिए। ‘एअरलाइन्स कम्पनी, नागरिक उड्ययन प्राधिकरण, संघीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरौँला’ मुख्यमन्त्री पाण्डेले भने, ‘तपाईहरुले यहाँबाट आफूले सक्ने सहजिकरण गर्नुहोस्।’
अहिले पोखरा–काठमाण्डौँ भाडा पाँच हजार नौ सयसम्म छ। यस अघि चार हजार चार सय थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमवार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजिकरण गर्न सुझाव दिए। ‘चाडपर्वको बेला सकेसम्म फ्लाईट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने।
आइतवार काठमाडौँबाट पोखराकालागि उडेको जाहज लामो समय होल्ड गरी राती ११:३० बजे पुन काठमाण्डौँ फर्किएको थियो। यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन एयरलाइन्स कम्पनीलाई उनल सचेत गराएका थिए।
विपद् र चाडपर्वका बेला फ्लाइट थप गर्नुपर्नेमा मर्ज हुने गरेको गुनासो आएको बताउँदै उनले फ्लाइट घटाएर टिकट नबढाउन निर्देशन दिए।विपद्को समयमा सेवा दिँदै आएका कम्पनीहरुलाई नागरिक उड्ययन प्राधिकरणको तर्फबाट हुन सक्ने सहुलियतकालागि पनि ध्यान दिनुपर्ने बताए।
एअरलाइन्स कम्पनीहरुले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुने हुँदा यस बारे केन्द्रीय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन्। पोखरामा यति, बुद्ध, श्री एयरलाइन्सले सेवा दिँदै आएका छन्।
गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडबाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएका छन्।
पोखराबाट काठमाडौँको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा सञ्चालन गर्ने एयरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन्।
‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने बेला होइन।’ पोखरासहित गण्डकी प्रदेशको विभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढीपहिरोले क्षति पु¥याउँदा यातायात आउजाउ सहज छैन। पृथ्वीराजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा काठमाण्डौँ–पोखरा हवाई यात्रामा चाप बढेको छ।
यात्रुहरूको गुनासो बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरूलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाइ गर्न सुझाव दिए। ‘एअरलाइन्स कम्पनी, नागरिक उड्ययन प्राधिकरण, संघीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरौँला’ मुख्यमन्त्री पाण्डेले भने, ‘तपाईहरूले यहाँबाट आफूले सक्ने सहजिकरण गर्नुहोस्।’
अहिले पोखरा–काठमाण्डौँ भाडा पाँच हजार नौ सयसम्म छ। यस अघि चार हजार चार सय थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमवार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजिकरण गर्न सुझाव दिए। ‘चाडपर्वको बेला सकेसम्म फ्लाईट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने।
आइतवार काठमाडौँबाट पोखराकालागि उडेको जाहज लामो समय होल्ड गरी राती ११:३० बजे पुन काठमाण्डौँ फर्किएको थियो। यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन एयरलाइन्स कम्पनीलाई उनल सचेत गराएका थिए।
विपद् र चाडपर्वका बेला फ्लाइट थप गर्नुपर्नेमा मर्ज हुने गरेको गुनासो आएको बताउँदै उनले फ्लाइट घटाएर टिकट नबढाउन निर्देशन दिए। विपद्को समयमा सेवा दिँदै आएका कम्पनीहरूलाई नागरिक उड्ययन प्राधिकरणको तर्फबाट हुन सक्ने सहुलियतकालागि पनि ध्यान दिनुपर्ने बताए।
एअरलाइन्स कम्पनीहरूले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुने हुँदा यस बारे केन्द्रीय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन्। पोखरामा यति, बुद्ध, श्री एयरलाइन्सले सेवा दिँदै आएका छन्।