काठमाडौँ । कृषि फमका लागि कर्जा मिलाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक ग।िएको छ ।
बाजुराको बुढीनन्दा गाउँपालिका १ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ४८ वर्षका विष्णुबहादुर कार्कीले आफू पिएचडी डाक्टर भएको र हाइप्रोफाइलको मान्छे रहेको भनी र विष्णु एण्ड सोनु प्रालि समेत सञ्चालनमा रहेको भनेर विश्वासमा पारी ठगी गरेको पाइएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पीडितलाई अमेरिकाबाट १४ लाख ५२ हजार नेपाली रुपैयाँ बराबरको डलरको कर्जा आउने र त्यसका लागि २.५ प्रतिशत मात्र ब्याज लाग्ने भनी कर्जा मिलाइदिने नाममा ठगी गरेका पाइएको बताउनुभयो ।
उक्त रकम फर्मको बैंक खातामा आउँछ भन्ने विश्वास दिलाई उनले पीािडतसँग सम्झौता कागजसमेत गरी सम्झौता अनुसार जग्गा धितो राख्नु पर्ने बताएका थिए ।
फेरि उनले उक्त जग्गा धितो राख्न खोज्दा रोक्का नभएको कारणले गर्दा त्यति बेलासम्मको लागि ग्यारेन्टी राख्न चेक दिनुपर्छ भनी हस्ताक्षर गराई उक्त कृषि फर्मको नाममा रहेको कुमारी बैंकको चेक समेत लिएका पाइएको छ ।
त्यसपछि उनले रकम ट्रान्सफर भई सकेको भनेर कर बुझाउनका लागि आफ्नो तथा परिवार सबैको सम्पत्ति शुद्विकरण विभागबाट रोक्का रहेकोले मलाई रकम दिनु भनेर विभिन्न मितिमा पटकपटक गरी १७ लाख ३१ हजार रकम लिएको पाइएको आचार्यले बताउनुभयो ।
त्यसरी ठगेपछि उनी फरार रहेकामा यही भदौँ १८ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति समेत जारी भएका कार्कीलाई सोमवार साँझ काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो । उनलाई आजै थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको पनि आचार्यले बताउनुभयो ।