काठमाडौँ : काठमाडौँमा आज ६ वटा विधासहित कला क्षेत्रमा लागेका व्यक्तिहरुलाई कलाक्रान्ति अवार्ड वितरण गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा नगेन आर्ट एकेडेमी र नगेन न्युज डटकमको संयुक्त आयोजनामा उक्त अवार्ड वितरण गरिएको हो ।
कुल ५४ कलाकार, समीक्षक तथा कला क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई ७२ वटा अवार्ड वितरण गरिएको आयोजक प्रतिनिधि प्राज्ञ नगेन सिंह ठकुरीले जानकारी दिनुभयो । विभिन्न विभामा विजेता हुनुभएका विक्रम श्रीलाई यसपालीको ललितकला डायमण्ड वर्ष व्यक्तिका रुपमा अवार्ड प्रदान गरिएको थियो ।
यसपटकको छ वटा विधासहित ललितकला व्यक्ति वर्ष घोषणा गरी अवार्ड प्रदान गरिएको ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार यसपालि गुगल एवार्ड पुरुषतर्फ विक्रम श्री र महिलातर्फ शुष्माराज भण्डारीलाई प्रदान गरिएको छ । यस्तै गुगल एवार्डको फष्ट रनर अपमा राजु पिठाकोटी र सेकेन्ड रनर अपमा दिपेन्द्रमान बनेपाली घोषित हुनुभयो ।
नेशनल आर्ट एक्स अवार्ड वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्स्यायनलाई प्रदान गरियो भने फष्ट रनर अपमा एनवी गुरुङ र सेकेन्ड रनर अपमा शुष्माराज भण्डारी घोषित हुनुभयो ।
कलाकार विक्रम श्रीले नेशनल आर्ट लिंगदेन अवार्ड प्राप्त गर्नुभयो । फष्ट रनर अपमा दिपेन्द्रमान बनेपाली र सेकेन्ड रनर अपमा केशवराज खनाल घोषित हुनुभयो । नेशनल आर्ट युट्युव अवार्ड विक्रम श्रीले नै प्राप्त गर्नुभयो भने फष्ट रनर अपमा गणेश राई र सेकेन्ड रनर अपमा राजु पिठाकोटी हुनुभयो ।
नेशनल आर्ट फेसबुक अवार्ड पनि विक्रम श्रीले प्राप्त गर्दा फष्ट रनर अपमा राजु पिठाकोटी र सेकेन्ड रनर अप गणेश राई हुनुभयो । नेशनल आर्ट इन्ट्राग्राम अवार्ड पनि विक्रम श्रीले पाउनुभयो भने फष्ट रनर अप प्राज्ञ सञ्जय वान्तवा, सेकेन्ड रनर अप प्राज्ञ शुष्माराज भण्डारी घोषित हुनुभयो ।
सोही कार्यक्रममा २०७९ साल र २०८० सालको कलाक्रान्ति अवार्ड र वर्ष व्यक्ति अवार्डसमेत वितरण गरिएको थियो । विसं २०७९ को कलाक्रान्ति वर्ष पुरुषतर्फ सुर्खेतका विक्रम शिशिर, धनकुटाका डिल्लीकृष्ण आले, काठमाडौँका लोक चित्रकार, आशा डंगोल र किरण मानन्धरलाई अवार्ड प्रदान गरिएको थियो ।
कला क्रान्ति वर्ष नारीतर्फ एलिना तामाकार, कृति शाह, संगी श्रेष्ठ, शुशिला सिंह र रागिनी उपाध्ययले अवार्ड पाउनुभयो ।
कला क्रान्ति वर्ष मूर्तिकारतर्फ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञ दिनेश्वर महत्तो, कलाकार राजु पिठाकोटी, इन्दिरा श्रेष्ठ मञ्जिल मितेरीले अवार्ड पाउनुभयो भने वर्ष कार्टुनिष्टतर्फ बासु क्षितिज, रविन सायमी, अविन श्रेष्ठ, रवि मिश्र र अनुप गुरुङले अवार्ड जित्नुभयो ।
कला क्रान्ति वर्ष व्यक्तिमा संगिता थापा, अमिर बमजन, तेजेन शेर्पा, एनवी गुरुङ र दुर्गा बराल वात्स्यायनलाई अवार्ड प्रदान गरिएको थियो ।
यस्तै विसं २०८० को कलाक्रान्ति वर्ष पुरुषमा नरबहादुर विके, रवि मिश्र, विजय महर्जन, दुर्गा बराल वात्स्यायन र मन गुरुङ घोषित हुनुभयो । यस्तै वर्ष नारीतर्फ शुष्माराज भण्डारी, सन्ध्या शिलवाल र ज्योति गुरुङले अवार्ड पाउनुभयो ।
कलाक्रान्ति वर्ष मूर्तिकारतर्फ राजु पिठाकोटी, यसोदाकुमारी सिंह र गणेश राई, कलाक्रान्ति वर्ष कार्टुनिष्टतर्फ अनुप गुरुङ, बासु क्षितिज र जित गुरुङ, कला क्रान्ति वर्ष व्यक्तितर्फ विक्रम श्री, एनवी गुरुङ, किरण सिगु, दिपेन्द्रमान बनेपाली र सञ्जय वान्तवा तथा कलाक्रान्ति वर्ष समीक्षकमा केशवराज खनाल, सुनिल पौडेल र बाबु साईँलाले अवार्ड प्राप्त गर्नुभयो ।