काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी मंगलबार नेपाल भ्रमणमा आउँदै छन् । उनी आउन लागेपछि सरकारले भोलि वैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कतारका राजा अमिरले मंगलबारबाट गर्ने लागेको नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको पनि बताइन्।
उनले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनःस्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय भएको पनि जानकारी दिइन्।
कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरू हुने पनि बताइन्। उनले पर्यटनसम्बन्धित सम्झौता, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरू हुने पनि बताउनु भयो। कतारका राजासँग नेपाललाई फाइदा हुने ढंगले सम्झौताहरू हुने बताइन्।
य सरी राजा आउँदैमा विदा दिन हुने की नहुने भनेर बहस सुरु भएको छ । नेपालमा भने राजा फाल्ने विदेशी राजा आउँदा भने बिदा दिने भनेर सामाजिक सञ्जालमा चर्चा भइरहेका छन्।