चितवन : बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोग, महिला शशक्तिकरण तथा परिवर्तनशील संस्था भरतपुर १२ को आयोजनामा ३ महिने सीपमुलक कम्युटर तालिम आज भरतपुरमा सम्पन्न भएको छ ।
गएको पुस २० गतेबाट गंगाराम टेक्निकल कलेजमा उक्त कम्प्युटर तालिम सुरु भएको थियो । तालिम संयोजक पवित्रा रिजालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सांसाद इश्वर सापकोटा रहनुभएको थियो । सापकोटाले तालिमले महिला प्राविधिक जनशक्ति उत्पादन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमको विशिष्ट अतिथिमा भरतपुर महानगरपालिका १२ का वडाध्यक्ष लेखराज पन्त (हरि), गंगाराम कलेका प्रमुख खेम दर्जी, महिला शशक्तिकरण तथा परिवर्तनशील संथाकी अध्यक्ष संगिता भट्टराईलगायत रहनुभएको थियो ।
कार्यक्रमको जयश्वर आचार्यले सञ्चालन गर्नुभएको थियो । प्रशिक्षार्थी ७ जना सबै महिलाहरु र सिकाउने प्रशिक्षक पनि महिला नै हुनुहुन्थ्यो।
उक्त कार्यक्रम २०८० पुस २० गते शुरु गरी २०८१ साल वैशाख ८ गते गंगाराम कलेजमा नै समापन गरिएको हो । सो क्रममा प्रशिक्षक तथा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
शहिद परिवारका लागि दिइएको तालिम पनि सम्पन्न

यसैबीच आजै सहिद स्मृति प्रतिष्ठान नेपाल चितवन, भरतपुर १२ को आयोजना र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा सहिद परिवारका सदस्यलाई दिइएको ३ महिने कम्युटर तालिम पनि सम्पन्न गरिएको छ ।
उक्त तालिम समापनकाे अध्यक्षता कार्यक्रम संयोजक जयश्वर आचार्यले गर्नुभएको थियो। प्रमुख अतिथिमा प्रदेश सांसद इश्वर सावकोटा नै हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा भरतपुर १२ का अध्यक्ष लेखराज पन्तलगायत रहनुभएको थियो ।
तालिम तीन महिना अघि नै सुरु भए पनि दुवै कार्यक्रमको उद्घाटन र समापन भने आज एकै दिन गरिएको हो ।