काठमाडौँ, चैत १९ गते ।
उन्नाइस वर्ष मुनीका किशोरकिशोरी अवस्थाका आफ्ना छोराछोरी कतै साइबर हिंसाको शिकार पो भइरहेको छन् कि ? वा उनीहरुले भन्न नसकेर मानसिक तनावमा पो परेका छन् कि ? स्मार्ट फोनको उपयोगसँग आएको साइबर हिंसाको मारबाट बच्न र बचाउन अभिभावक र किशोरकिशोरी दुबै सचेत हुनुपर्ने देखिएको छ । पछिल्लो समय अत्यधिक सामाजिक सञ्जालको उपयोग गर्ने समुहका रुपमा हुर्कदो उमेरका किशोरकिशोरी रहने गरेका छन् । उनीहरु नै साइबर हिंसाको उच्च जोखिम रहेको पनि पाइएको छ ।
