काठमाडौँ । फेरि मौसम बदली हुने भएको छ । शनिवार र आइतवार मौसम बदली हुने भएको हो । यो क्रम शुक्रबार रातीदेखि नै पश्चिमबाट शुरु हुने छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातीबाट पश्चिमी वायु सक्रिय भएर गण्डकी, कणाली, लुम्बिनी र सुदुरपश्चिममाका विभिन्न क्षेत्रमा वर्षा हुने तथा उच्च हिमाली एबं पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
मौसमविद् गोविन्द झाले विस्तारै सर्ने उक्त प्रणालीका कारण आइतवार काठमाडौँलाई समेत असर पुर्याउने देखिएको बताए। त्यसको प्रभाव पूर्वतिर भने धेरै नरहने पनि उहाँले जानकारी दिनुभयो ।
अघिल्लो हप्ता काठमाडौँको चन्दागिरि, फुलचोकीमै हिमपात हुने गरी मौसम बदली भएको थियो ।
उहाँका अनुसार अहिले भने पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। ज्सका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आउँदो २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनइएको छ ।
त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको छ।