काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एबं पूर्वमन्त्री डोलप्रसाद अर्यालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँको भृकृटीमण्डममा आयोजना गरिएको क्यान इन्फोटेक २०८० मा सहभागी हुने क्रममा आज भएको अन्तरक्रियामा उहाँले निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म आर्थिक लक्ष्य प्राप्त गर्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई प्रोत्साहित गर्नु भनेको जब क्रियट हुनु हो । उहाँहरुले सरकारलाई हामी सबै आफैँ गर्न सक्छौँ तर तपाईहरुले लगानीको वातावरणका लागि यो यो काम गरिदिनुपर्यो भनेर भनिरहनुभएको छ, त्यसका लागि सरकार र दलहरुले वातावरण बनाइदिनुपर्छ ।”
व्यवसायीहरुले केही गर्न खोजदा सरकार वा राजनीतिक व्यक्तिहरुले केही कुरा खोज्ने कारणले र व्यवसायीहरुले पनि यो काम गरिदिए यती दिन्छु भन्ने अवस्थाका कारण समस्या आएको उहाँले बताउनुभयो । रोजगारी सिर्जनामा भएको समस्या पनि त्यही रहेको उपसभापति अर्यालले बताउनुभयो ।
व्यवसायीहरु खुसी नहुनुमा बैंकको लोन मात्रै नभएको नभएर उचित वातावरण निर्माण हुन नसक्नु पनि अर्काे कारण रहेको उल्लेख गर्दै उहाँले सरकारले नीति नियमका दृष्टिले व्यवसायीहरुलाई बढी च्यापिरहेको जिकिर गर्नुभयो । उहाँले व्यापारलाई खुला छाड्न्पर्नेमा जोड दिनुभयो ।
“पैसाको सर्कुलेशन महत्वपूर्ण भएकाले यो घुमिरहनुपर्नेमा जोड दिँदै उहाँले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आग्रह गर्नुभयो । हामीले पनि सरकार र पार्टीसँग पनि छलफल गरिरहेका छौँ । किन भने हामीले उहाँहरुलाई लाइसेन्स दिएका हौँ नी त व्यवसाय गर्न । उहाँहरु जती मोटिभेट हुनुहुन्छ त्यती नै रोजगारी बढ्छ , यो कुरा हामीले बुझ्नुपर्छ”, अर्यालले भन्नुभयो ।
त्रिविको साइट ह्याक भएको सन्दर्भमा उहाँले कुनै पनि साइट ह्याक भएको सन्दर्भमा नेपालमा नै आइटी विज्ञहरु रहेका र उनीहरुबाट समाधान खोज्न जरुरी रहेको बताउनुभयो ।
उहाँले सरकारले यस्ता विषयमा स्टेक होल्डरसँग छलफल गरेर समाधानतर्फ अघि बढ्न्पर्नेमा जोड दिनुभयो । शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग सबै क्षेत्रमा यसरी स्टेक होल्डरबीच छलफल जरुरी रहेको उहाँले बताउनुभयो ।
उहाँले सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा नीति निर्माण क्षेत्रमा यसको छलफल कम भएको बताएँदै आफ्नो तर्फबाट बहस चलाउँदै आएको दावी गर्नुभयो ।
उहाँले हरेक कुरामा धेरै भन्दा धेरै नागरिकलाई सूसुचित गराउनुपर्ने र त्यो काम सूचना प्रविधिबाट नै सम्भव हुने बताउनुभयो ।
यस्ता सूचना प्रविधि मेलाले सूचना र प्रविधिको क्षेत्रमा आएका नयाँ उत्पादनबारे नागरिकलाई साक्षत्कार हुन सहयोग पुर्याउने पनि उहाँले बताउनुभयो ।
https://www.facebook.com/samriddhisanchar/videos/1364990127466714