काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘गणतन्त्रको प्रतीक’ नमुना मूर्ति (म्याकेट) सिर्जना प्रतिष्पर्धाका लागि सिर्जना बुझाउनेन म्याद थप गरेको छ ।
प्रतियोगितात्मक रुपमा ‘गणतन्त्रको प्रतीक’ नमुना मूर्ति (म्याकेट) सिर्जना गर्न लागिएको हो । उक्त प्रतियोगिताका लागि सिर्जना बुझाउने समय यही माघ २६ गतेसम्मका लागि थप गरिएको छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले उक्त मूर्ति सिर्जनामा प्रथम हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने बताउनुभयो ।

प्रतियोगिले नेपालको संविधान २०७२ अनुरुप नेपाललाई स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाका रुपमा चिनाउने गरी मूर्ति निर्माण गर्नुपर्ने छ ।
मुलुकको परिवर्तनका लागि भएका देशभक्तपूर्ण आन्दोलनहरु र संघर्षका विषयमा केन्द्रित भई गणतन्त्रको प्रतीक नमूना मूर्ति (म्याकेट) सिर्जना गर्न सार्वजनिक अनुरोध गरिएको छ ।
मूर्तिको साइज एक फुटदेखि १.५ फुटसम्मको हुनुपर्ने जनाइएको छ । खुला माध्याम राखिएको प्रतियोगिताका लागि यसअघि यही माघ २० गतेसम्ममा मूर्ति तयार पारी पेश गर्न समय दिइएको थियो । त्यसपछि ६ दिन म्याद थप भएको छ ।
पहिलो हुनेले एक लाख पुरस्कार पाउने छन् । दोस्रोलाई ७५ हजार, तेस्रोलाई ५० हजार र प्रोत्साहन पुरस्कार दुई जनाले २५/२५ हजार पाउने प्रतिष्ठानले जनाएको छ।