काठमाडौँ । ‘सहिद दिवस २०८०’ को सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आयोजना गरिएको कार्यशालामार्फत बनाएका सिर्जना आजदेखि प्रदर्शनी गरिएको छ।
‘राष्ट्र निर्माणमा शहीदको बलिदान’ विषयक चित्रकला कार्यशालाबाट सिर्जित कलाकृतिको साताव्यापी प्रदर्शनी आजबाट शुरु भएको हो ।
प्रदर्शनीको आज उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले छोटो जानकारीमा पनि उत्साहका साथ यस कार्यशालामा सहभागी भएर उत्कृष्ट कलाकृतिको सिर्जना गरी शहीदप्रति सम्मान व्यक्त गरेकोमा सम्पूर्ण सहभागी कलाकारलाई धन्यवाद दिनुभयो ।
उहाँले कलामार्फत शहीदहरुको योगदानको सम्मानका लागि सिर्जनाहरु बनाएर प्रदर्शन गरिएको जानकारी दिनुभयो । उहाँले मुलुक यो अबस्थामा आइपुग्नका लागि शहीदहरुको बलिदान रहेकाले उहाँहरुको सच्चा सम्मानका लागि सिर्जना कोरेर प्रदर्शनी गरिएको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले शहीदलाई फराकिलो रूपमा सोची सम्मान गर्नुपर्ने बताउनुभयो । मसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राईले कार्यशालामा सिर्जना भएका कला कृृतिहरुको प्रदर्शनी गरेर प्रतिष्ठानले शीदलाई सम्मान प्रकट गरेको बताउनुभयो ।
उक्त प्रदर्शनी यही माघ २२ गतेसम्म हुने भएकाले अनुकुम मिलेको समयमा गएर अबलोकन गर्न सकिने प्रतिष्ठानले जनाएको छ । उक्त चित्रकला कार्यशाला सोमबार आयोजना गरिएको छ । सोही कार्यशालामा बनाएएका सिर्जनाहरुको आजदेखि प्रदर्शन गरिएको हो ।
प्रदर्शनीमा कुलपति हार्तम्छाली, उपकुलपति लामासहितका कलाकारहरु भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, लीलाधर केसी, पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, संगी श्रेष्ठ, जुपिटर प्रधान, राकेशचन्द्र श्रेष्ठका कलाकृतिहरु सहभागि छ ।
यस्तै कलाकार दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशव राज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदन सिं, विपना महर्जन, अशुराम खाइजु, राजकुमार राना, कान्छाकाजी भासिमा, मंगोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामी, महेश बास्ताकोटी, प्रकाश मानन्धर, एविना भडेललगायतका कलाकारका कलाकृति प्रदर्शनीमा समावेश छ ।