काठमाडौँ : यही माघ २५ गतेदेखि ‘क्यान इन्फोटेक-२०२४’ आयोजना गर्न लागिएको छ । कम्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले क्यान इन्फोटेक–२०२४ को तयारी तीव्र पारेको छ ।
सूचना प्रविधिको विकास सँगै यसको महत्व बढिरहेका बेला नयाँ प्रविधिको अपडेट गराउन र जानकारी दिन प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।
हरेक वर्ष आयोजना हुने यो प्रदर्शनी २९औँ संस्करणको हो । माघ २९ गतेसम्म आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरिने क्यान महासंघका महासचिव चिरञ्जीवि अधिकारीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा सूचना र प्रविधिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनहरु राखिने र विभिन्न कम्पनीका सफ्टवेयर, उत्पादन, स्टार्टअप, डिभाइसका कक्षहरु रहने जनाइएको छ । प्रदर्शनीमा यसपाली स्टार्टअप विजनेस विशेष हुने बताइएको छ।
सिसीटिभी, ल्यापटप, कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर आदि प्रदर्शनीमा रहेन छ । सो क्रममा आइटीसम्बन्धिका विभिन्न समस्याहरु समेत समाधान गर्न सहयोग मिल्ने बताइएको छ ।
महासचिव अधिकारीले मुख्य प्रायोजक, सहप्रायोजक, तथा अन्य प्रायोजकका लागि तथा स्टलका लागि बुकिङ खुला भएको बताउनुभयो ।
प्रदर्शनीले सूचना र प्रविधिको क्षेत्रको व्यवसायिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ । उहाँले अवलोकनकर्ताहरुले एकै ठाउँमा प्रविधिको नयाँ विषयहरु जानकारी लिनसक्ने बताउनुभयो।