काठमाडौँ : आफ्नो ‘२३औँ सशस्त्र प्रहरी दिवस २०८०’को पूर्वसन्ध्यामा आज सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा एकै साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा आज एकै दिन एक हजार युनिटभन्दा बढी रगत संकलन भएको छ ।
नेपाल एपीएफ अस्पताल बलम्बुको काठमाडौँको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय तथा बाहिनी मुख्यालयहरु र मातहत इकाईहरुमा आयोजना गरिएको उक्तदान कार्यक्रममा कुल एक हजार ८७ जनाले रक्तदान गरेका छन् ।
प्रधान कार्यालयअन्तर्गत ११५ जना, नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी तथा मातहतहरुबाट १२०, २ नम्बर छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहत इकाईहरुबाट २४५, नम्बर ३ गढीमाईबाहिनी मुख्यालय मकवानपुर तथा मातहत इकाईहरुबाट १९८ जनाले रक्तदान गरेका सशस्त्र प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो ।
त्यस्तै नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की तथा मातहत ईकाहरुबाट ७० जना, नंम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही तथा मातहत इकाईहरुबाट १३१ जना, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत तथा मातहत इकाईहरुबाट ३१, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली तथा मातहत इकाईहरुबाट १११ जना र नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ तथा मातहत इकाईहरुबाट २६ जनाले रक्तदान गरेका छन् ।
स्थापना दिवसका अबसर पारेर सशस्त्र प्रहरी र मातहतका युनिटहरुले साताव्यापी मैत्रीपूर्ण खेल तथा विभिन्न कार्यक्रम जारी छ । सशस्त्र प्रहरीले भोलि विशेष समारोहबका बीच आफ्नो २३औँ स्थापना दिवस मनाउँदै छ।