काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले आइतबार ट्याटु बनाउँदै आएका कलाकारहरुसँग ‘ट्याटु कला’का विषयमा पहिलो पटक ललितकला संवाद आयोजना गरेको छ ।
यो कला ललितकलाभित्रै पर्ने भएर पनि ओझेलमा परेको र प्रतिष्ठानले समेट्न नसकेकाले ट्याकु कलालाई पनि मुल प्रवाहमा ल्याउनका लागि प्रतिष्ठानले पहिलो पटक ट्याटु कलाका विषयमा छलफल गरी समस्याका विषयमा मन्थन गरेको हो ।
प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागद्धारा आयोजित उक्त संवादमा सहभागिहरुले ट्याटु कला छुट्टै कला नभएर ललितकलाको एउटा विधा भएकाले यसलाई पनि समेटेर अघि बढ्न प्रतिष्ठानलाई अनुरोध गर्नुभएको थियो ।
उहाँहरुले ट्याटु कलालाई महत्व नदिएको र भेदभाव गरेको महसुस हुने गरेको बताउँदै त्यसा् हुँदा पनि समाजमा स्वतफूर्तरुपमा यसको महत्व बढिरहेको बताउनुभएको छ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लुकेर रहेका कला र सिर्जनालाई उजागर गर्न प्रतिष्ठान लागि परेको र सोही क्रममा ट्याटु कलाका विषयमा पनि सम्वाद गरेर सम्भावना र समस्याका विषयमा विमर्श गरिएको बताउनुभयो ।
“मान्छेहरुले अरु कला र ट्याट् फरक हो कि भनेर सोच्ने गरेका छन् तर यो विधा फरक छैन, ललितकलाको एउटा विधा हो, ट्याटुले देशको सभ्यता, परम्परा र पहिचनलाई अहिले पनि प्रतिनिधित्व गरिरहेको छ”, महर्जनले भन्नुभयो।
कार्यक्रममा एक जना ट्याटु कलाकार राजन महर्जनले आजको दिनमा प्रचलित र छिटो बुझन् कलाको माध्याम नै ट्याटु कला भएको बताउँदै स्वतफूर्त रुपमा घरघरमै फैलिरहेको बताउनुभयो । उहाँले ललितकला नबुझेको मान्छेले पनि ट्याटु खोपिरहेको स्मरण पनि गर्नुभयो ।
“मान्छेहरुले अरु कला र ट्याट् फरक हो कि भनेर सोच्ने गरेका छन् । तर यो विधा फरक छैन, ललितकलाको एउटा विधा हो, ट्याटुले देशको सभ्यता, परम्परा र पहिचनलाई अहिले पनि प्रतिनिधित्व गरिरहेको छ”, महर्जनले भन्नुभयो।
उहाँले कलाको क्यान्भास मात्रै फरक रहेको बताउँदै ट्याटु मानिसको ज्यानमा खोपिने र अन्य कला क्यान्भासमा गरिने बताउनुभयो ।

अर्का ट्याटु कलाकार जयशंकर सन श्रेष्ठले प्रतिष्ठानले बोलाएर पहिलो पटक जुन कार्यक्रम गर्यो त्यो ऐतिहासिक रहेको बताउनुभयो ।
उहाँले अहिले यो कलालाई भेदभाव गरिएको महसुस गरिएको बताउँदै जसका कारण ट्याटु खोप्ने कलाकारले राम्रो प्रतिष्ठा र अवसर प्राप्त नगरेको बताउनुभयो ।
प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौरगंगा दर्शनधारीले पहिलो पटक ट्याटु कलाका विषयमा छलफल राखेको उल्लेख गर्दै आगामी दिनमा अब सँगसँगै कार्यक्रमहरु अघि बढ्ने बताउनुभयो ।
ट्याटु आर्ट कै एउटा रुप हो, यसलाई पनि सरकारी तहबाटै जर्गेना गर्नुपर्छ भनेर यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।