काठमाडौँ : कीर्तिपुर नगरपालिकामा रुपान्तरण (जीवन उपयोगी तथा सुरक्षात्मक सीप) कक्षाहरू कार्यान्वयन गर्न कीर्तिपुर नगरपालिका र बाल विकास समाजबीच सहकार्य गरिने भएको छ ।
नगरपालिकाका उपप्रमुख, शिक्षा शाखाका प्रमुख, वडा अध्यक्ष तथा प्रतिनिधि र बाल विकास समाज तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालका प्रतिनिधिको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
यस पटक बाल विकास समाजले कीर्तिपुर नगरपालिकासँगको साझेदारीमा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा १० वटा सामुदायिक तथा संस्थागत विद्यालयहरू (हिल टाउन मावि, विश्व राष्ट्रिय मावि, बालकुमारी मावि, जनसेवा मावि, टौदह राष्ट्रिय मावि, आदिनाथ मावि, वैष्णवी मावि, पाँगा मावि, कीर्तिपुर मावि र मङ्गल मावि)का १५ वटा केन्द्रमा ती कक्षाहरू लागू गर्ने तयारी गरिएको छ ।
प्रत्येक केन्द्रमा ३० जनाका दरले ४५० जना बालबालिकालाई यस कक्षाले लाभ पु¥याउने अनुमान छ । १५ वटा केन्द्रमा ३० जना तालिम प्राप्त साथी शिक्षकद्वारा सहजीकरण गरिनेछ । उक्त कक्षाहरु सञ्चालन गर्न १५ लाख लाग्ने अनुमान रहेको र त्यसका लागि नगरपालिकाले ६ लाख र बाँकी बालविकास समाजले लगाननी गर्ने छ।
रुपान्तरण (जीवन उपयोगी तथा सुरक्षात्मक सीप) कक्षालाई सहज ढङ्गबाट सञ्चालन गर्न उल्लेखित सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख÷शिक्षक शिक्षिका साथै सम्बन्धित वडा प्रमुखहरुद्वारा नै १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई समावेशीकरणको हिसाबले छनौट गरिनेछ ।
यही पौष २४ गते सम्म विद्यालय र वडाबाट बालबालिका छनौट गरिसकेपश्चात २८ पौषमा रुपान्तरण कक्षा सम्बन्धित विद्यालयमा उद्घाटन गर्ने योजना रहेको विद्यालय र वडाका प्रमुखद्वारा जानकारी गराइएको छ । कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभक्ष्मी शक्य भन्नुहुन्छ,“प्रक्रियागत रुपमा ढिला भए तापनि यो रुपान्तरण कक्षा सञ्चालन गर्न हामी सफल भएका छौँ र यसले बालबालिकालाई धेरै नै सकारात्मक रुपमा सहयोग पु¥याउनेछन” ।
जीवनउपयोगी (रुपान्तरण) तथा सुरक्षात्मक सीप कक्षामा किशोरकिशोरीहरुलाई जम्मा १४ वटा विषयहरु (मेरो संसार, आत्मजागरण, अधिकार र कर्तव्य, लैङ्गिकता र सामाजिक समावेशीकरण, किशोरावस्था, राम्रो बानी, पोषण, प्राथमिक उपचार, नागरिक सहभागिता, प्राकृतिक स्रोतहरु प्राकृतिक प्रकोपबाट हुने विपद जोखिमको व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन, खर्च र बचत, जीविकोपार्जनका विकल्पहरु, यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिकतामा आधारित हिंसा) मा विभिन्न खेल, समूहगत कार्य र अन्तर्गत क्रियाकलापमार्फत सिकाईने छ ।
कार्यक्रम रुपान्तरण जीवन कौशल प्याकेजमा आधारित छ जुन युनिसेफ र यूएनएफपीएले नेपाल सरकारसँगको सहकार्यमा किशोर किशोरीहरुलाई महत्वपूर्ण सामाजिक र वित्तिय ज्ञान र सीपहरु प्रदान गर्ने उद्धेश्यले विकास गरेको थियो ।