चितवन । हरेक टेबलको अगाडि ‘क्याम्प फायर’ । त्यहाँ आवश्यकता अनुसारका मासु वा अन्य खानेकुरा सेक्न पाइन्छ भने पाहुनाका लागि यो चिसो मौसममा न्यानो स्पर्श दिन्छ । पाहुनाको चाहना अनुसार थारु परिकारहरु लोकल माछा, हाँस, कुकुरा, थारुले खाने चिचर, थारुले खाने ढिक्री रोटी, चोखा, नुन मर्चाको स्वादमा रमाउन पाइन्छ ।
त्यही स्वादका साथ सामुन्य थारुका मौलिक गीत र नृत्यको दृष्यपान गर्न पाइनु त्यहाँको विशेषता हो । सौराहामा हराउँदै गएको थारुहरुको मौलिक संस्कृतिलाई संरक्षण गरेर बनाइएको सौराहा थारु भिलेज रिसोर्ट (हमार थारु गाउँ)मा त्यो अवसर प्राप्त छ।
सौराहामा त्यो अवसर अन्त कहीँ छैन । त्यो दृष्य हेर्नका लागि साँझ ७ बजे अघि नै प्रवेश गरिसक्नुपर्छ । स्वाद लिन भने जति खेर पुग्दा पनि फरक पर्दैन । वरिपरि रिङ्गै पर्यटकहरु भरिभराउ हुन्छन् । उनीहरु थारुका मौलिक परिकारसँग साक्षात्कार गर्दै स्वाद लिइरहेका हुन्छन् । क्याम्प फायरले खुला चौरको वातावरणलाई न्यानो पारेको हुन्छ । बीचमा नृत्यका लागि स्थान तोकिएको छ । त्यतीकैमा नेपालको राष्ट्रिय गान बच्छ ।
सबै जुरुक्क उठेर सम्मान प्रकट गर्छन् । अनि शुरु हुन्छ थारुको मौलिक नृत्य । एक थारु युवती आएर कार्यक्रमको नेतृत्व गर्छिन् । आफ्नै मौलिक पोषाकमा सजिएका थारु (अधिकाँश महिला) मौलिक नृत्यहरु प्रस्तुत गर्न थाल्छन् । उक्त दृष्यपानले पाहुना मन्त्रमुग्ध हुन्छ ।
थारु कलाकारले जितियामा प्रस्तुत हुने नाच, फगुवा, लाठीलगायत झण्डै एक दर्जन गीत र नृत्य प्रस्तुत गर्छन् । कार्यक्रमको अन्तिममा उपस्थित पाहुनाहरु उनीहरुसँग नाचेर मनोरञ्जन लिन्छन् । त्यसपछि सकिन्छ कार्यक्रम । यो क्रम हरेक दिन साँझ ७ देखि ८ बजेसम्म हुने सौराहा थारु भिलेजका सञ्चालक मधुसुदन सिलवालले बताउनुभयो ।
त्यतीमात्रै होइन थारुको जन्मेदेखि मृत्युसम्म गरिने हरेक गतिविधि, संस्कार, संस्कृतिको समेत जानकारी लिन सकिने गरी बनाइएको छ सौराहा थारु भिलेज । त्यसको अवलोकन गरेर जानकारी लिन नै निक्कै समय लाग्छ । भिजेलको सुन्दर र स्वच्छ वातावरण अनी बगैँचा, मौलिक घरहरु देख्दा पर्यटक लालायित हुने गरेका छन् । पर्यटकहरु मौलिक संस्कृति संरक्षणमा गरेको प्रयासको सराहना व्यक्त गर्छन्।
अहिले सौराहासहित चितवनका होटलहरुबाट पनि त्यहाँ थारु स्वाद लिन र संस्कृति अवलोकनका लागि पर्यटक आउने गरेका छन् । यहाँ चितवन, नवलपरासी, दाङ बर्दियालगायत विभिन्न जिल्लाका थारुले लगाउने पोशाकहरु राखिएको छ । साना बच्चादेखि बयस्कले समेत ती पोशाक लगाएर रम्न पाउँछन् । भिलेज पुग्दा आफैँ थारु बनेको फिल हुन्छ । सौराहामा अपुरो रहेको थारुको परिचय थारु भिलेजले पुरा गरिदिएको छ ।
नाच्ने कलाकारहरु पनि स्थानीय गाउँका थारु महिलाहरुलाई सिकाएर तयार पारिएको छ । हाल ५६ जना रोजगारीमा रहेकामध्ये ३७ जना महिला छन्। उनीहरुले हरेक दिन थारु शो देखाउँछन् । सौराहा घुम्न आएका पर्यटकहरु थारु भिलेर आएर रमाउँछन् । होटल व्यवसायीहरुले पनि पर्यटकलाई घुमाउन ल्याउँछन् । पर्यटक आफैँ पनि हेर्न आउँछन् ।
भिजेल विहान ९ बजेदेखि राती १० बजेसम्म खुला हुन्छ । कुनै दिन ८०० जना पर्यटकले घुमेका छन् । कम्तिमा २ देखि तीन सय दैनिक हुन्छन् । आकर्षक थारु आर्टहरु पनि सजिएका छन् । थारुको जन्मेदेखि मृत्युसम्म गरिने संस्कार, संस्कृति देख्न पाइन्छ । यहाँ थारुको जीवनचक्र नै देखाइएको छ । ढिकी घर, जाँतो घर नै छ । थारु कसरी सुत्थे ? थारुको भान्छामा के–के सामान कसरी राखिन्थ्यो ? भनेर दुरुस्त बनाइएको छ ।
“पकाउने कुरा त हामीले लाइभ देखाउँछौँ। त्यहीँ पकाएको खाना त्यहीँ लगेर गेष्टलाई खुवाउने हो । घौरामा रोटी पोलेको हुन्छ, त्यसको स्वाद पर्यटकले चाख्न पाउँछन्”, अर्का सञ्चालक श्रीराम सिलवालले सुनाउनुभयो । त्यो भित्र पस्ने वित्तिकै त्यसको वास्ना पनि थारुकै आउँछ, खाना पनि थारुकै आउँछ, संरचना नै थारुको आउँछ । कर्मचारीहरु पनि थारु नै छन् । यहाँ पुग्दा थारु कै वास्तविक गाउँ घुमेको फिल गराउने प्रयास गरिएको छ ।
भिजेलमा निर्माण गरिएको कला, थारुका मौलिक सामग्रीले मन लोभ्याइदिन्छ । थारुको पहिरन लगाएर थारु गाउँ घुम्न पाइन्छ । ढिकी कुट्न, जाँतो पिँध्न पाइन्छ । थारु पोशाक लगाएर लाईभ तोरी पेल्ने कोलमा काम गर्न पाइन्छ थारुको पुरानो इनार छ । जिम्दारीहरुले प्रयोग गर्ने खटिया छ ।
अहिलेको आधुनिक मान्छेले हुक्का खान्छन् भने त्यहाँ तमाखुको स्वाद चाख्न पाइन्छ । पुरानो म्युजियम घर छ । थारु पोशाक लगाउने घर छुट्टै छ । थारुको धान मकै राख्ने छुट्टै घर छ ।
ठूला कार्यक्रम गर्नु परेमा ५०० जना अट्ने हल पनि छ । यहाँ थारुले प्रयोग गर्ने पुरानो गाडामा चढेर थारु कै पोशाक लगाएर सौराहा घुम्न पाइन्छ । यसका लागि भने छुट्टै शुल्क तोकिएको छ ।
यसअघि
सौरेली गहना : सौराहा थारु भिजेल अर्थात् हमार थारु गाउँ