काठमाडौँ : चितवनको सुन्दर पर्यटकीय नगरी गोलाघाटमा नेपालको इतिहास मै पहिलो पटक कुमाल समुदायले आयोजना गर्न लागेको राष्ट्रिय पर्व माघे सक्राति (माघे महोत्सव) को प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने भएको छ।
भरतपुर महानगरपालिकाको गोलाघाटमा उक्त कार्यक्रम गर्न लागिएको छ।
कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमाल (विशाल)को नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेको टोलीले उहाँलाई प्रमुख अतिथिको आतिथ्यता लागि अनुरोध गरेको थियो ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा सहभागि हुने प्रतिबद्धता जनाउनुभएको कार्यक्रम संयोजक विशाल कुमालले जानकारी दिनुभयो ।
विशेष परिस्थिति नपरेसम्म प्रधानमन्त्री प्रमुख अतिथि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विशिष्ट अतिथि बन्ने पक्का भएको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा ७० जिल्लाबाट ६००० हजार मानिस सहभागि हुने बताइएको छ । महोत्सवमा कुमाल समुदायको मौलिक घर, खाना, भेषभूषा, नृत्य र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने छ ।
कुमाल समुदायले संस्कृति संरक्षणका लागि पहिलो पटक उक्त कार्यक्रम गर्न लागेको हो ।