चितवन । भोलि मंगलवार देशभर विभिन्न कार्यक्रम गरी ११औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइँदै छ।
दिवसका अवसरमा कुखुरा र कुखुराजन्य परिकारका महत्वबारे समाजमा सचेतना फैलाउने गरी कार्यक्रम आयोजना गर्न लागिएको छ ।
कुखुराको राजधानी चितवनमा पनि विभिन्न कार्यक्रम गरी दिवस बनाउन लागिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्च, चितवन र नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेश नेपालको संयुक्त आयोजनामा चितवनको भरतपुरमा ‘मासुको परिकार, स्वास्थ्य जीवनको आधार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
नेपाल कुखुरा व्यवसायी मञ्च, चितवनका महासचिव तथा उद्योग वाणिज्य संघ रत्ननगरका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुरालका अनुसार दिवसका अवसरमा भोलि विहान ८ बजे भरतपुरको औद्योगिक प्रदर्शनीस्थलमा बनाइएको कुखुराको प्रतिमा उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
त्यसपछि झाँकीसहितको प्रभातभेरी आयोजना गरिने र लायन्स चोकमा रक्तदान कार्यक्रम हुने छ । त्यसलगत्तै भरतपुर महानगरपालिका २ नमस्ते चोकमा फुड फेष्टिभल आयोजना गरी कुखुराका परिकारहरु वितरण गर्ने कार्यक्रम रहेको महासचिव विसुरालले जानकारी दिनुभयो ।
यसकारण कुखुराको मासु र अण्डा फाइदाजनक
कुखुराको अण्डा किन खाने ?
१, राम्रो कोलेस्ट्रोल बढाउँछ
२, पकाउन सजिलो
३, बलबालिकाको मस्तिष्क विकासमा अति आवश्यक
४, मांशपेशी तथा हाडहरुको विकास तथा बलियो बनाउँछ
५, आँखा स्वस्थ राख्न तथा अन्धोपनाबाट बचाउँछ
६, कुनै पनि मिसावट गर्न सकिँदैन
७, सस्तो मूल्यमा सहजै उपलब्ध हुन्छ
८, मेटोपन घटाउँछ
९, उच्च रक्तचाप घटाउँछ
१०, बुढेपना रोक्न सघाउँछ
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
एक अण्डा सम्पूर्ण पौष्टिक तत्वले भरिपूर्ण
किन खाने कुखुरा मासु ?
१, कुनै पनि मिसावट नहुने
२, चिल्लोको मात्रा कम प्रोटिनको मात्रा बढी हुने
३, सहजै उपलब्ध हुने
४, बलबालिकामा अत्याधिक रुचि हुने
५, डाक्टरको सिफारिसमा युरिक एसिड र मुटु रोगका विरामीले पनि खान हुने
६, अन्य मासुको तुलनामा सजिलै पचाउन सकिने र शरीरले बढी मात्रामा शोषण गर्न सक्ने
७, कुखुराको मासुको सुप रुघा निको पार्न सहयोगी
८, सुत्केरी महिलाका लागि अत्यान्तै पोषिलो र तागतिलो खाना
९, खोर भित्र अत्यन्तै स्वस्थ, स्वच्छ वातावरणमा सन्तुलिन दाना प्रयोग गरी तयार गरिने
१०, कुखुराको सेतो मासुले कोलेष्ट्रल फ्याट, मोटोपना, युरिक एसिड, उच्च रक्तचाप मधुमेह क्यान्सरको जोखिम कम गर्छ