हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।”
पहिले पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङ बताउनुहुन्छ ।
उहाँलाई बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रुपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको उहाँ बताउनुहुन्छ ।
जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन् ।
नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताउनुहुन्छ ।
पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ आफ्नो उमेर बढेसँगै मौसममा आएको परिवर्तनले विश्व नै फेरबदल भएको लाग्न थालेको बताउनुहुन्छ ।
अरु क्षेत्रमा भन्दा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिने गरेको उहाँको भनाइ छ ।
खेतबारीमा पहिले भएका जीव किरा हराएको र नयाँ प्रजातिका किरा देखिन थालेका उहाँ बताउनुहुन्छ ।
हिमाली जिल्लामा विपद्
विसं २०७८ मा मनसुनको सुरुआतमै विपद आइलाग्यो । मनाङमा बाढीले अधिकांश पूर्वाधारमा क्षति पु¥यायो ।
मस्र्याङ्दी किनारका बस्ती खण्डहर भए । विसं २०७८ जेठ १४ र असार १ गते अनावृष्टि भयो । अनावृष्टिले मनाङको भौतिक तथा प्राकृतिक क्षेत्रमा अधिक क्षति पुग्यो ।
जसबाट हालसम्म पनि मनाङ उठ्न सकेको छैन । मस्र्याङ्दी नदी किनार भएर यहाँका बस्ती बसेका छन् । विगतमा हिउँ पर्ने स्थानमा नै अहिले वर्षा हुन थालेको छ । यसले पनि यहाँका स्थानीयमा त्रास छ ।
मस्र्याङ्दीमा यस्तो ठूलो र क्षति पु¥याउने गरी बाढी कहिल्यै थाहा नपाएको यहाँका स्थानीय बताउँछन् ।
उहाँले तालगाउँका खोलामा बिस्तारै माछा भेटिन थालेको बता उनुभयो ।
चिसो पानीमा हुने ट्राउट माछा मनाङमा व्यावसायिक पालन हुन थालेको छ । तर, विगतमा ट्राउट माछा बाँच्नै नसक्ने भए पनि अहिले व्यावसायिक रुपमा पाल्न थालिएको उहाँले बताउनुभयो ।
यहाँ उत्पादन नै नहुने फलफूल तथा तरकारीको उत्पादन हुन थालेको उहाँ बताउनुहुन्छ । हिउँ पर्ने स्थानमा अहिले झरी पर्न थालेको उहाँ सुनाउनुहुन्छ ।
दुई वर्षअघि तल्लो मनाङमा मात्रै होइन, जिल्लाको सुदूर उत्तरमा रहेका नार र फूमा पनि झरी पर्यो । हिउँ मात्रै पर्ने ठाउँ भएर यहाँका नागरिकले तातोका लागि माटोको घरमा माटोकै छानाले छाउँथे । अघिल्लो वर्षामा पानी पर्दा माटोको छाना चुहिन थाल्यो । केही घर बगायो पनि ।
उच्च हिमालमा नयाँ ताल देखिन थालेको र पुराना तालहरु हराएको उहाँ बताउनुहुन्छ ।
नासों गाउँपालिकाको टुप्पोमा रहेको डोना तालको आकार निकै बढेको छ । सन् १९९४ मा नाप्दा तालको लम्बाई एक हजार तीन सय मिटर थियो । सन् २०११ मा नाप्दा दुई हजार पाँच सय मिटर पुग्यो । अहिले नाप्यो भने अझै बढेको छ । अचेलका अव्यवस्थित विकासका कारण भू–क्षयका घटना बढेका उहाँ बताउनुहुन्छ ।
हिमाली क्षेत्रमा लामो समय अनुभव बटुल्नुभएका नरेन्द्र लामा हिमाली जलवायुले अस्वाभाविक रुप देखाएको बताउनुहुन्छ ।
पर्याप्त हिउँ परेन
गत वर्ष मनाङमा हिउँद सकिन लाग्दासम्म पनि पर्याप्त हिउँ पर्न सकेन ।
विगतका वर्षमा हिमपातले आवागमन घरबाट बाहिर निस्कन नसकिने मनाङमा आवश्यक मात्रामा नै हिउँ परेन । गत वर्षको फागुन महिनाको मध्यसम्म हिमपात नै भएन । सो समयमा आंशिकमात्र हिउँ परेको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरे बताउनुहुन्छ ।