काठमाडौँ । काठमडौँमा आजदेखि ‘जातव्यवस्था र यौनिकता : कलामार्फत् प्रतिरोध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ ।
उक्त कार्यक्रम उद्घाटन गर्दै सँसकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जात र लिङ्गका आधारमा समाजमा भएको विभेद विस्तारै परिवर्तन हुँदै गएको बताउनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लैंगिक र जातिय विभेद अन्त्यका लागि प्राज्ञिक स्तरबाट कलामार्फत परिवर्तनका लागि अगि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष विमला गायकले समाजमा दमित रुपमा रहेकाको आवाज कलाकारले कलामार्फत उठान गरेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा पूर्वमन्त्री शंकर कोइराला, प्रतिनिधिसभा सदस्य सन्तोष परियार, प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, पूर्वराजदुत पदम सुन्दास, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मालगायतको सहभागिता थियो ।
प्रदर्शनीमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, सौरगंगा दर्शनधारी, संजय वान्तवा राई, अरुणा हिङमाङ, दिनेश्वर महतो, सुदर्शनविक्रम राणा, सुनिता राणा, प्रमिला बज्राचार्य, अजय उपरकोटी, एन्जिला जोशी, बिपना महर्जन, नरबहादुर बि.के., दिपेन्द्रमान बनेपाली, इशान परियार, ज्योति खड्का, कमल अधिकारी, केशवराज खनाल, किशोर नकर्मीले बनाउनुभएको कला समावेश छ ।
यस्तै मानबहादुर परियार, नताशा परियार, एनबी गुरुङ, पद्म सुन्दास, पुनम कुमारी दास, प्रशान्त आचार्य, राहुल वि.के. रोशेन मुनिकार, सविता डंगोल, सरिता मण्डल, शिवहरी ज्ञवाली, सुजन शिवा, सुमन नेपाल, सुनिल बि.के., सुनिल हरिजन, सुरक्षा वाग्ले, सुस्मा श्रेष्ठ, उसिना महर्जनलगायतका कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी यही २० गतेसम्म चल्नेछ ।