काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहको पदको कुनै पनि निकायमा सरुवा/पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य आउँदो फाल्गुन मसान्तसम्मका लागि स्थगित गरेको छ ।
लोक सेवा आयोगको वार्षिक कार्यतालिका बमोजिम उक्त पदमा विज्ञापन प्रकाशित हुने (खुल्ला प्रतिस्पर्धा तथा बढुवा) समयको तत्काल अगाडि लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारीहरु बढुवा प्रयोजनको लागि मात्र दुर्गम स्थानका निकायहरुमा सरुवा भई जाने क्रम देखिएकाले तत्कालका लागि सरुवा तथा पदस्थापनमा रोक लगाइएको हो ।
मन्त्रालयको संघीय तथा प्रदादेशिक प्रशासन शाखाका अधिकृत हरिशरण न्यौपानेले यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहका पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीहरुलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भनी गुनासो आएकाले तत्कालका लागि उक्त कार्य स्थगित गरिएको जानकारी दिनुभयो ।
त्यसरी सरुवाका लागि विभिन्न निकायहरुबाट सरुवा सहमतिसमेत माग भई आउने गरेको पाइएको समेत मन्त्रालयले जनाइएको छ । मन्त्रालयले निजामती कर्मचारीहरूको सरुवा तथा पदस्थापनसम्बन्धी कार्यहरु गर्दै आएको छ ।
उहाँले यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहको पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीहरुलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भनी विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएकाले राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहको पदको कुनै पनि निकायमा सरुवा÷पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य आउँदो फाल्गुन मसान्तसम्मका लागि स्थगित गरिएको बताउनुभयो ।
मन्त्रालयले सोही बमोजिम गर्नु÷गराउनुहुन भन्दै मंगलबार नै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुलाइ परिपत्र जारी गरी जानकारी समेत गरााएको छ ।